Monday, May 19, 2025
76.3 F
Washington DC.

सुडानको राजधानी खार्तुममा हवाई आक्रमण: पाँच बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु

सम्बन्धित समाचार

सुडानको राजधानी खार्तुममा शनिबार भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको सुडानको स्वास्थ्य विभागले पुष्टि गरेको छ ।

“यार्मुक जिल्लालाई हवाई हमलाको साथ निशाना बनाइएको थियो, र प्रारम्भिक अनुमानले पाँच बालबालिका सहित १७ व्यक्तिको मृत्यु भएको जनाउँछ,” स्वास्थ्य विभागले आफ्नो फेसबुक पेजमा पोस्टमा जनाएको छ ।

नेशनल समाचार एजेन्सीका अनुसार आक्रमणबाट २५ घर ध्वस्त भएको छ ।

जनरल अब्देल फताह अल बुरहानको नेतृत्वमा रहेको देशको सेना र उनका पूर्व उप जनरल मोहम्मद डगालोको नेतृत्वमा रहेको र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) अप्रिल १५ देखि लडाइँमा छ।

सुडान लामो समयदेखि संकटमा छ। जसका कारण मानिसको अवस्था निरन्तर बिग्रँदै गएको छ । सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्स बीच सशस्त्र द्वन्द्व दुई महिना भन्दा बढी भैरहेको छ र कुनै पनि पक्ष निर्णायक भूमिकामा पुग्न सकेको छैन।

रिपोर्टका अनुसार शुक्रबार सेनाले शीर्ष जनरल यासिर अल-अत्ताको भाषण पोस्ट गरेको थियो। जसमा उनले मानिसहरूलाई आरएसएफले कब्जा गरेका घरहरूबाट टाढा रहन चेतावनी दिएका थिए ।

सुडानका प्रतिद्वन्द्वी सेनाहरूले तीन दिने युद्धविरामको सम्भावनाबारे छलफल गरिरहेका स्काई न्यूज अरेबियाले शनिबार रिपोर्ट गरेको छ।

सुडानको युद्धले देशको सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीचको द्वन्द्व तेस्रो महिनामा प्रवेश गर्दा २,००० भन्दा बढीको मृत्यु भएको छ।

द्वन्द्वले खार्तुमलाई युद्धक्षेत्रमा परिणत गरेको छ, जसले मानवीय संकट निम्त्याएको छ। इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार लडाईले २२ लाख मानिसलाई आफ्नो घरबाट विस्थापित गरेको छ, जसमा ५२८,००० छिमेकी देशहरूमा भागेका छन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img