Friday, March 6, 2026
53.4 F
Washington DC.

रुसले वागनर प्रमुख विरुद्ध चलिरहेको आपराधिक अनुसन्धान नगर्ने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार निजी सेना वागनरका प्रमुख येभगेनी प्रिगोजिनको विद्रोहको विरुद्धमा द्रुत रूपमा कार्य गरेर गृहयुद्धलाई रोक्न सफल भएकोमा सेना र कानूनी प्रवर्दनका एजेन्सीहरूको प्रशंसा गरेका छन। राष्ट्रपति कार्यालय क्रेमलिनमा सैनिक र सुरक्षा अधिकारीहरूसँग कुरा गर्दै पुटिनले वागनर समूहको विद्रोहको क्रममा उनीहरूले गरेको कार्यको प्रशंसा गर्दै भने, “तपाईंले प्रभावकारी रूपमा गृहयुद्धलाई रोक्नु भयो।” प्रिगोजिनको नाम नलिई पुटिनले भने कि सेना र जनताले यसो गर्दा विद्रोहलाई समर्थन गर्दैन।

विद्रोहसँग लड्न युक्रेनमा तैनाथ रुसी सेनालाई अगाडिबाट फिर्ता नगरिएको पुटिनले जोड दिए ।

रुसी अधिकारीहरूले मंगलबार भनेका छन् कि उनीहरूले निजी सेना वागनरका प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा सशस्त्र विद्रोहको बारेमा आपराधिक अनुसन्धान बन्द गरेका छन्। अधिकारीहरूका अनुसार विद्रोहमा संलग्न प्रिगोजिन र अन्य लडाकुहरू विरुद्धका सबै आरोपहरू पनि हटाइएका छन्।

रूसको फेडरल सेक्युरिटी सर्भिस (एएफबी) ले विद्रोहमा संलग्न व्यक्तिहरूले “अपराधका सबै गतिविधि बन्द गरेको” आफ्नो अनुसन्धानले देखाएको भनेको छ। प्रिगोजिनले सशस्त्र विद्रोहको घोषणा गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई र उनको निजी सेनाका लडाकुहरूलाई देशद्रोहीको संज्ञा दिएका थिएका थिए। यद्यपि, क्रेमलिन (रूसको राष्ट्रपतिको कार्यालय) ले प्रिगोजिन र उनका लडाकुहरू विरुद्ध कुनै पनि आरोप नलगाउने निर्णय गर्‍यो। त्यसपछि वागनर प्रमुखले गत साताको अन्त्यमा विद्रोह गर्दै मस्कोमा आक्रमण गर्ने योजना छोडेका थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img