spot_img
Wednesday, September 25, 2024
64.6 F
Washington DC.
spot_img

श्रीमान खोज्नेलाई साढे ६ लाख रुपैयाँ दिने अफर, सामाजिक सञ्जाल तात्यो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आफ्नो जीवनसाथी खोजी दिने बिचौलियालाई लाखौं रुपैयाँ तिर्न अमेरिकाकी एउटी महिला तयार भएकी छन । यो अचम्मको प्रस्ताब हो लस एन्जलसकी ३५ वर्षीय कर्पोरेट वकिल इभ टिली कुलसनको । उनले आफ्नालागि श्रीमान खोजी दिने व्यक्तिलाई ५ हजार अमेरिकी डलर अर्थात ६ लाख ४६ हजार ७३० रुपैयाँ दिने प्रस्ताव राखेकी छन् ।

कुलसनले टिकटकमा एउटा भिडियो सेयर गरेकी छिन् । जसमा उनले आफूलाई असल श्रीमान खोज्न सहयोग गर्ने व्यक्तिलाई ५ हजार डलर दिने अपील गरेकी छन् ।

टिकटकमा इभ टिली कुलसनलाई १० लाख भन्दा बढी मानिसले फलो गरेका छन। उनले आफूलाई असल श्रीमान खोज्न सहयोग गर्नेलाई ५ हजार डलर दिने भिडियो सेयर गर्नेबित्तिकै सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कुलसनले यसअघि आफ्ना साथी र मालिकलाई पनि यो प्रस्ताव गरेको बताएकी छन् । नजिकका व्यक्तिले राम्रो जीवनसाथी खोज्न नसकेपछि उनले यो प्रस्ताव सर्वसाधारणका अगाडि राखेको बताएकी छन् ।

कुलसनले अर्को फलोअप भिडियो पोष्ट गर्दै भनेकी छन् उनी आफ्नो विवाह धेरै समय टिकाउन चाहँदैनन्, सायद २० वर्षमा उनीसँग सम्बन्धविच्छेद पनि हुन सक्छ।

@ebtilley

#stitch with @Dear Media I have never been more serious. I’m tired of being told, “its so easy.” Set me up 🤑🤍 #setup #firstdate #friendship #meetcute #bff #bet

♬ Sunshine – WIRA

उनका शर्तहरु :
एक फलो-अप भिडियोमा उनले आफूले खोजिरहेको भावी पतिका बारेमा थप विवरणहरू सेयर गरेकी छिन्। उनले आफ्ना केही शर्तहरु पनि स्पष्ट गरेकी छन्।
” म ५ फिट ११ इन्च हुँ, त्यसैले म ६ फिट वा सो भन्दा अग्लोको लागि खुला छु,” उनले भनेकी छन् ।

कुलसनले आफु लस एन्जलसमा बस्ने र विवाहका लागि टाढा भए पनि आफु खुला रहेको बताएकी छन् । उनलाई बच्चाहरू मन पर्ने भएकाले आफुलाई पनि एक भन्दा बढी बच्चाहरू चाहिने तर यसमा पछि छलफलको लागि आफु तयार भएको उनी बताउछिन ।

आफ्नो हुनेवाला श्रीमान् २७ देखि ४० वर्षको बिचको र कम्तिमा ६ फिट अग्लो हुनुपर्ने उनको सर्त रहेको छ । यसबाहेक, श्रीमान् चलाख र बुद्विमान तथा राम्रो बोली भएको हुनुपर्छ। उनी आफ्नो भावी श्रीमान खेलकुदमा राम्रो होस् भन्ने चाहन्छिन्। कुलसन भन्छिन् कि उनको भावी पतिले कुनै पनि प्रकारको मादक पदार्थ सेवन गर्ने छैन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img