Friday, March 6, 2026
53.4 F
Washington DC.

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प क्यापिटल हिल प्रकरणमा पक्राउ पर्ने सम्भावनाबाट त्रसित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यापिटल हिल प्रकरणमा आफु पक्राउ पर्ने सम्भावना व्यक्त गरेका छन् । उनले ट्रुथ सोसियल सामाजिक संजालको एक पोष्टमा मंगलबार भनेका छन् कि उनलाई विशेष सल्लाहकार ज्याक स्मिथले सूचित गरेका छन् कि उनी २०२० को चुनावलाई उल्टाउने प्रयासमा आपराधिक अनुसन्धानको लक्ष्य हुन्, यसको मतलब उनी चाँडै विशेष सल्लाहकारद्वारा चार्ज हुन सक्छन्।

ट्रम्पले आइतवार क्यापिटल हिल मुद्दाको अनुसन्धान गरिरहेका विशेष काउन्सिल ज्याक स्मिथबाट पठाएको पत्रलाई उदृत गर्दै आफु ग्रान्ड जूरी अनुसन्धानको टार्गेट हुन सक्ने बताएका हुन । यस्तो पत्र अभियोजन अघि पठाइन्छ।

उनले २०२४ को राष्ट्रपतिको चुनाव लड्ने तयारीलाई प्रभावित पार्न फौजदारी मुद्दा चलाउन सकिने पत्रबाट स्पष्ट भएको बताएका छन । यसको मतलब ‘म पक्राउ पर्न सक्छु,’ ट्रम्पले भनेका छन् ।

सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पराजयपछि उनका समर्थकहरूले धाँधली भएको आरोप लगाउँदै र मतगणनाको माग गर्दै जनवरी ६, २०२१ मा अमेरिकी संसद परिसरमा आक्रमण गरेका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img