spot_img
Wednesday, September 25, 2024
64.1 F
Washington DC.
spot_img

पावरबल ज्याकपट १ अर्ब डलर पुग्यो, आज सांझ खुल्दै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

तेस्रो पटक, पावरबल ज्याकपट एक अर्ब डलरको अंकमा पुगेको छ! पावरबल ज्याकपटको राशी आज बुधबार, जुलाई १९ को लागि $ १ बिलियन (१ अर्ब डलर) अनुमान गरिएको छ। ज्याकपटको अनुमानित नगद मूल्य $ ५१६.८ मिलियन छ।

ज्याकपटले गत वर्ष जितेको विश्व कीर्तिमान $२.०४ बिलियन पहिलो ठूलो हो भने त्यसपछी २०१६ मा जितेको $१.५८६ बिलियन पावरबल ज्याकपट दोस्रो तथा सातौं ठूलो यूएस लटरी ज्याकपट र आजको १ विलियनको पावरबल ज्याकपट तेस्रो ठूलो पावरबल ज्याकपटको रूपमा राखिएको छ।

तीन महिनाको रोलओभर पछि – अप्रिल देखि जुलाई सम्म – पावरबलले जुलाई १८, २०२३ मा बिलियन डलरको अंकमा पुगेको हो। गत सोमबार, जुलाई १७ को ड्र मा कुनै पनि सबै पाँच नम्बरहरू र पावरबलसँग मेल नखाए पछि ज्याकपट पुरस्कार १ विलियन भएको हो।

पावरबल ज्याकपोट अन्तिम पटक अप्रिल १९, २०२३ मा परेको थियो। ओहायोका एक भाग्यशाली व्यक्तिले $२५२.६ मिलियनको ज्याकपट पुरस्कार प्राप्त गरेका थिए । त्यस पछि यो लगातार ३८ ड्र हो। यतिबेला पावरबलका पारखी खेलाडीहरू १ विलियन डलरको ठूलो ज्याकपट कब्जा गर्ने अवसरको उत्सुकताका साथ पर्खिरहेका छन्।

पावरबलमा कुनै पनि पुरस्कार जित्ने सम्भावना २४. ९ मा लगभग १ हुन्छ , जबकि सबै नम्बर मिलाएर ज्याकपट हिट गर्ने सम्भावना २९२.२ मिलियनमा १ मात्र हुन्छ।

अमेरिकी इतिहासमा शीर्ष १० पावरबल ज्याकपटहरू निम्नानुसार छन्:
१) $२. ०४ बिलियन – नोभेम्बर ७ , २०२२ – CA
२) $१. ५८६ बिलियन – जनवरी १३ , २०१६ – CA, FL, TN
३) $१ विलियन (अनुमानित) – जुलाई १९ , २०२३
४) $७६८. ४ मिलियन – मार्च २७ , २०१९ – WI
५) $७५८. ७ मिलियन – अगस्ट २३ , २०१७ – MA
६) $७५४. ६ मिलियन – फेब्रुअरी ६ , २०२३ – WA
७) $$731.1 मिलियन – जनवरी २०, २०२१ – MD
८) $६९९.८ मिलियन – अक्टोबर ४, २०२१ – CA
९) ६८७. ८ मिलियन – अक्टोबर २७ , २०१८ – IA, NY
१०) $६३२.६ मिलियन – जनवरी ५, २०२२ – CA, WI

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img