spot_img
Wednesday, September 25, 2024
64.1 F
Washington DC.
spot_img

क्यालिफोर्नियाले पायो $१ करोड डलर पावरबल ज्याकपट विजेता

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

क्यालिफोर्नियाका एक भाग्यशाली व्यक्तिले बुधवार, जुलाई १९ मा सबै पाँच नम्बरहरू र पावरबल मिलाएर १ बिलियन (१ करोड डलर) पावरबल ज्याकपट दावी गरेका छन्। लामो समयदेखि कसैलाई पनि नपरेको ज्याकपटको राशी बुधबार, जुलाई १९ को लागि $ १०८ बिलियन पुगेको थियो। अन्तिम टिकट बिक्रीले ज्याकपटको पुरस्कार $१ बिलियन डलरको पहिलेको अनुमानबाट बढेर $१.०८ बिलियनमा पुगेको पावरबलले जनाएको छ। यसबाट यो तेस्रो ठूलो पावरबल ज्याकपट र छैटौं ठूलो यूएस लटरी ज्याकपट बन्न पुगेको छ।

बुधबार, जुलाई १९ को विजयी नम्बरहरू ७ -१० ११- १३-२४ थिए, र पावरबल नम्बर २४ थियो, जसमा पावर प्ले २X को गुणकको थियो । ज्याकपट जित्ने सम्भावना एकदमै पातलो थियो, खेलाडीहरूले ज्याकपट जित्न २९२. २ मिलियनमा १ जनाले जित्ने सम्भावना थियो ।

ज्याकपट बिजेताले आफ्नो पुरस्कार दाबी गर्दा या त धेरै वर्षहरूमा भुक्तान गरिने $१. ०८ बिलियन पुरस्कारको लागि छनौट गर्न सक्छन् वा $ ५५८.१ मिलियनको आकर्षक एक-पटक नगद भुक्तानी छनौट गर्न सक्छन्।

त्यस्तै, फ्लोरिडा, पेन्सिल्भेनिया र रोड आइल्याण्डका विजेताहरूले $२ मिलियन पुरस्कार प्राप्त गर्न सफल भएका छन्। यी राज्यहरूका तीनवटा टिकटहरूले पावर प्ले सहित सबै पाँच नम्बरहरू मिलाएका थिए।

$१ बिलियनको ज्याकपट इतिहासमा “शीर्ष १० ठूला पावरबल ज्याकपटहरू” मा परेको छ, साथै प्रतिष्ठित “शीर्ष १० सबैभन्दा ठूलो लटरी ज्याकपटहरू” मा समेत स्थान सुरक्षित गरेको छ।

अमेरिकी इतिहासमा शीर्ष १० पावरबल ज्याकपटहरू निम्नानुसार छन्:
१) $२. ०४ बिलियन – नोभेम्बर ७ , २०२२ – CA
२) $१. ५८६ बिलियन – जनवरी १३ , २०१६ – CA, FL, TN
३) $१ विलियन – जुलाई १९ , २०२३- – CA
४) $७६८. ४ मिलियन – मार्च २७ , २०१९ – WI
५) $७५८. ७ मिलियन – अगस्ट २३ , २०१७ – MA
६) $७५४. ६ मिलियन – फेब्रुअरी ६ , २०२३ – WA
७) $$731.1 मिलियन – जनवरी २०, २०२१ – MD
८) $६९९.८ मिलियन – अक्टोबर ४, २०२१ – CA
९) ६८७. ८ मिलियन – अक्टोबर २७ , २०१८ – IA, NY
१०) $६३२.६ मिलियन – जनवरी ५, २०२२ – CA, WI

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img