Friday, April 11, 2025
46.4 F
Washington DC.

जलवायु परिवर्तन : २० वर्षमा ५६ प्रतिशत समुद्रको रङ परिवर्तन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

वैज्ञानिकहरूले २० वर्षमा समुद्रको रङ परिवर्तन भई नीलोबाट हरियो भएको बताएका छन्। उनीहरूले यसको असर समुद्री जीव तथा सी–फुडमा आश्रित मानिसमा पर्ने पनि बताएका छन्। यसको कारण जलवायु परिवर्तन रहेको बताइएको छ।

जलवायु परिवर्तनका कारण समुद्री सतहमा फाइटोप्लांकटन अर्थात् समुद्रमा पाइने साना बिरुवाजस्तो देखिने जीव बढेका छन्। यसले यिनले मरिन लाइफलाई नियन्त्रण गर्छन्। यी फाइटोप्लांकटनमा बिरुवामा झैं हरियो क्लोरोफिल हुन्छ, जसले गर्दा पानीको सतह हरियो देखिन्छ।

वैज्ञानिकले समुद्रको रङ परिवर्तन हुनु खतराको संकेत भएको बताएका छन्। कारण, फाइटोप्लांकटन बढ्दा समुद्रमा मृत क्षेत्र (डेड जोन) बढिरहेको छ। यो मृत क्षेत्रमा समुद्री जीवले सास फेर्न सक्दैनन् र मर्छन्।

वास्तवमा फाइटोप्लांकटनले कार्बनडाइअक्साइड लिएर अक्सिजन छोड्छन्। समुद्रमा बस्ने अन्य जीवले यही अक्सिजन लिन्छन्। फाइटोप्लांकटन बढ्दा समुद्रमा जीवजन्तुका लागि ठाउँ साँघुरो हुँदै गएको छ भने अक्सिजन पनि कम हुन थालेको छ। साथै मृत क्षेत्र पनि बन्दै गइरहेको वैज्ञानिकको ठहर छ।

समुद्री रङ परिवर्तनको असर मानवमा

मानवजाति जीवनका लागि मरिन लाइफमा पनि आश्रित छ। उनीहरु सी–फुड खान्छन्, माछा पालन गर्छन्। पानीनजिक फलफूल उमार्छन्। समुद्रमा मृत क्षेत्र बन्दै जाँदा मरिन लाइफ समाप्त हुन्छ र मानव जीवन पनि कठिन बन्न सक्ने बताइन्छ।

वैज्ञानिकका अनुसार पानीको रङ परिवर्तन भएको कुरा हामीले सजिलै देख्न भने सक्दैनौँ। यसको खुलासा सन् २००२–२०२२ सम्मको स्याटेलाइट डेटाबाट भएको छ। डेटाअनुसार ५६ प्रतिशत समुद्र नीलोबाट हरियो बनेको छ।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) की वैज्ञानिक स्टेफनी डुट्किविक्जले हामीले देखेको परिवर्तन आश्यर्च पार्नेभन्दा बढी डराउने खालको भएको बताउँछिन्। यो परिवर्तन जलवायु परिवर्तनले भएको र यसमा मानव क्रियाकलाप प्रमुख कारण रहेको उनको भनाइ छ। मानवले इकोसिस्टमलाई गम्भीर प्रभाव पारेको पनि उनको भनाइ छ।

परिवर्तन हुँदै गइरहेको रङले इकोसिस्टमको अवस्था दर्शाउने भएकाले यसबारे चिन्ता गर्नुपर्ने बेला भएको वैज्ञानिकहरूको धारणा छ। उनीहरुका अनुसार जलवायु परिवर्तन हुँदा विश्वको २५ प्रतिशत कार्बनडाइअक्साइड खिच्ने समुद्र पनि परिवर्तन भएको छ। जसले गर्दा समुद्रको पानी पनि तातो हुँदै गइरहेको छ। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img