Saturday, April 12, 2025
46.1 F
Washington DC.

सिनेटको कार्यालयमा सक्रिय शूटर भएको झुठो सूचनाले डिसीमा तनाव, सिनेटको कार्यालय पून खुल्ला

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आज रअमेरिकाको राजधानी केहि घण्टा तनावपूर्ण स्थितिमा रह्यो। डिसी क्यापिटल पुलिसले एक सक्रिय शूटरको रिपोर्ट पाए पछि सिनेटको कार्यालय भवन खाली गराएर खोजी गरेको थियो जुन अहिले झुठो सूचना जस्तो देखिएको छ ।

यहाको क्यापिटल पुलिसले बुधवार दिउँसो करिव २:४५ बजे एक घटनाका बारेमा जानकारी गराउदै सांसद भवनमा आएको ९११ फोन कलको बारेमा सिनेट कार्यालय भवन भित्र र वरपर ब्यापक खोजी गरेको थियो ।

क्यापिटल पुलिसले अर्को फलो-अप ट्वीटमा जनाए अनुसार सुचना दिइएको खतरा सम्भावित सक्रिय शूटरसँग सम्बन्धित भनेर अनुमान गरेको थियो।

सुरक्षा उपायको रूपमा सिनेट भवनहरू भित्रका कर्मचारीहरूलाई ठाउँमा शरण लिन र उनीहरूलाई आफ्नो कार्यालय भित्र वा नजिकको सुरक्षित स्थानमा बस्न र सबै बाहिरी ढोका र झ्यालहरू बन्द गर्न र ताल्चा लगाउन सुरक्षा अधिकारीहरूले निर्देशन दिएर खोजी कार्यलाई तिब्रता दिएको थियो ।

जे होस्, सांसद भवन क्षेत्रको पूर्ण खोजी पछि, “कुनै शंकास्पद गतिविधि वा चासोका व्यक्तिहरू” फेला नपरेको हाउस सार्जेन्ट एट आर्म्सले एक विज्ञप्ति मार्फत बताएको छ ।

युएस क्यापिटल प्रहरी प्रमुख थोमस म्यान्जरले पछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ९११ को कल “गलत अलार्म” भएको हुनसक्ने आफुलाई विश्वास भएको बताए । प्रारम्भिक प्रतिवेदन गलत वा भ्रामक हुनसक्ने संकेत गर्दै प्रमुख प्रबन्धकले भने, “यो झुटो कल भएको हुन सक्छ।”

स्थिति खुल्दै जाँदा शहरभर त्रास र चिन्ता फैलियो, तर सुरक्षा अधिकारीहरुको लगनशील प्रयासले छिट्टै स्थिति नियन्त्रणमा ल्यायो। सबै स्पष्ट भएको र कुनै विश्वसनीय खतरा नभएपछि सिनेट कार्यालय भवन अब पुन: खोलिएको छ। अधिकारीहरूले हाल ९११ कल मार्फत दिइएको गलत सुचना र सो को परिस्थितिहरूको बारेमा अनुसन्धान गरिरहेका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img