Tuesday, May 20, 2025
55.3 F
Washington DC.

अनेसास कविता महोत्सवका लागि कविता आह्वान

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसर पारेर अनेसासले ‘कविता महोत्सव- २०२३’ आयोजना गर्ने भएको छ । यस महोत्सव अनेसास कविता महोत्सवको तेस्रो संस्करण हो । आगामी सेप्टेम्वर २३ अर्थात् असोज ६ शनिबार कविता महोत्सव हुने अनेसासले जनाएको छ ।

अनेसासबाट प्राप्त विज्ञप्ति अनुशार, महोत्सवमा सहभागी हुन चाहने प्रतियोगी सर्जकले सेप्टेम्वर १५ ( भदौ २९) भित्र तोकिएको इमेलमा कविता पठाएर सहभागिता जनाउन सक्नेछन् ।

विश्वका कुनै पनि मुलुकमा रहेर नेपाली भाषामा सिर्जनारत सर्जकले सहभागिता जनाउन सक्ने यस महोत्सवमा पुरस्कृत कविलाई नगदसहित सम्मान-पत्र समर्पण गरिने विज्ञप्तिमा जनाइएको छ ।

अनेसासका अनुशार, प्रतियोगितामा प्रथम हुने एकजना कविलाई अमेरिकी डलर ५ सय, द्वितीय हुने एकजना कविलाई ३ सय र तृतीय हुने ३ जना कविलाई २- २ सय नगद प्रदान गरिने छ ।

साथै, अनेसासले निम्न नियमहरू समेत सार्वजनिक गरेको छः
१.कविता नितान्त मौलिक/अप्रकाशित /अप्रसारित र अधिकतम २०० शब्दको हुनुपर्नेछ ।
२.एकजनाको एउटा मात्र कविता स्वीकार गरिनेछ ।
३.कविताको साथमा कविको सम्पर्क नम्बर, इमेलसहित छोटो परिचय र पासपोर्ट साइजको फोटो पठाउनुपर्नेछ ।
४. प्राप्त भएका कविताहरूबाट वाचनका लागि छनोट गरिने छ ।
५.म्याद नाघी आएका कविता महोत्सवमा समावेश गरिने छैन ।
६. निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

कविता पठाउने अन्तिम मितिः सेप्टेम्वर १५ , २०२३ कविता पठाउने ईमेलः inls.poemcontest2023@gmail.com

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img