Friday, March 6, 2026
51.9 F
Washington DC.

जोहानेसबर्गको पाँच तले भवनमा आगलागी हुँदा ७३ को मृत्यु, ५२ जना घाइते

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा रहेको बहुमंजिला भवनमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ७३ पुगेको छ भने ५२ जना घाइते भएका जोहानेसबर्ग आपतकालीन व्यवस्थापन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले बताएका छन् ।

सिटी सेन्टरमा रहेको पाँच तले भवनमा बिहीबार बिहान आगलागी भएको हो । मुलाउड्जीले दिएको जानकारी अनुसार उक्त बहुमंजिला भवन घरबारविहीन मानिसहरूको लागि थियो र आगो सुरु हुँदा धेरै मानिसहरु सुतिरहेका थिए।

आगो निभाइसकेको छ तर दमकलले खोजी र उद्धार कार्य जारी राखेको छ । मृतकको संख्या अझै बढ्न सक्ने मुलाउड्जीले बताएका छन् ।

आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । तर, मैनबत्ती वा अन्यबाट आगो सुरु भएको हुन सक्ने मुलाउड्जीले आसंका गरिएको बताएका छन ।

आगलागी जोहानेसबर्ग र सम्पूर्ण दक्षिण अफ्रिकाका लागि ठूलो त्रासदी बनेको छ । सरकारले पीडित र उनीहरुका परिवारलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img