spot_img
Friday, September 20, 2024
83.7 F
Washington DC.
spot_img

जोहानेसबर्गको पाँच तले भवनमा आगलागी हुँदा ७३ को मृत्यु, ५२ जना घाइते

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा रहेको बहुमंजिला भवनमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ७३ पुगेको छ भने ५२ जना घाइते भएका जोहानेसबर्ग आपतकालीन व्यवस्थापन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले बताएका छन् ।

सिटी सेन्टरमा रहेको पाँच तले भवनमा बिहीबार बिहान आगलागी भएको हो । मुलाउड्जीले दिएको जानकारी अनुसार उक्त बहुमंजिला भवन घरबारविहीन मानिसहरूको लागि थियो र आगो सुरु हुँदा धेरै मानिसहरु सुतिरहेका थिए।

आगो निभाइसकेको छ तर दमकलले खोजी र उद्धार कार्य जारी राखेको छ । मृतकको संख्या अझै बढ्न सक्ने मुलाउड्जीले बताएका छन् ।

आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । तर, मैनबत्ती वा अन्यबाट आगो सुरु भएको हुन सक्ने मुलाउड्जीले आसंका गरिएको बताएका छन ।

आगलागी जोहानेसबर्ग र सम्पूर्ण दक्षिण अफ्रिकाका लागि ठूलो त्रासदी बनेको छ । सरकारले पीडित र उनीहरुका परिवारलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img