spot_img
Monday, September 23, 2024
67.7 F
Washington DC.
spot_img

बिरामी राजदूतलाई औषधि लगिदिँदा किन कोरियामै रोकिनुपर्यो माओवादी नेता दीपशिखा?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

यतिबेला माओवादी केन्द्रका केन्द्रीय सदस्य राजप्रसाद सापकोटा उर्फ दीपशिखा दक्षिण कोरियामा रोकिनुभएको छ। उहाँमाथि अध्यागमनले प्रहरीले अनुसन्धान गरिरहेको छ। आखिर एक महिनादेखि अनुसन्धान गर्नुपर्ने उहाँमाथि त्यस्तो के आइपर्यो ?

दीपशिखाका अनुसार उहाँ अगस्ट १० तारिखमा कोरियास्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन जानुभएको थियो। त्यसक्रममा कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेलले एक वर्षदेखि नियमित सेवन गर्दै आइरहेको औषधि मगाउनुभयो। दीपशिखाले सो औषधि बोकेर जानुभयो। तर, डाक्टरको ‘प्रेस्क्रिप्सन’ भनेर लैजान बिर्सनुभयो। प्रेस्क्रिप्सनबिनाको औषधि लैजान नमिल्ने भन्दै उहाँलाई इन्छन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारी रोके।

राजदूतले मगाएको औषधि लैजाँदा अध्यागमनमा रोकिएपछि उहाँलाई दूतावासले छुटाउन पहल गर्यो। दूतावासको अनुरोधमा दीपशिखा प्रेस्क्रिप्सनबिनाको औषधि अध्यागमनमै छोडेर विमानस्थबाट बाहिर निस्कने अनुमति पाउनुभयो। तर उहाँमाथिको अनुसन्धान जारी नै छ।

कोरियामा रोकिएपछि सामाजिक सञ्जालमा यो विषयलाई लिएर अनेक प्रतिक्रिया आए। कसैले प्रहरीको नियन्त्रणमा रहेको भने। तर, वास्तविकता त्यस्तो नभएको दीपशाखाको भनाइ छ।

‘अन्जानबस डाक्टरको प्रेस्क्रिप्सन मसँग नभएकाले कोरियन सरकारको भन्सारले आवश्यक डकुमेन्ट मागेकाले राजदूतावासले डकुमेन्ट बुझाइसकेको छ,’ यसबारे टीकाटिप्पणी हुन थालेपछि सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘भन्सारको भेरिफिकेसन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिइएको सत्य हो।’

उहाँले नियतवश कुनै कमजोरी नगरेका कारण चाँडै नेपाल फर्किनेमा विश्वस्त रहेको पनि बताउनुभएको छ। ‘आफ्नै देशको बिमार राजदूतलाई सहयोग गर्दा मलाई परेको अप्ठ्यारोप्रति विवेक पुर्याइदिन र पीडित मलाई थप पीडा नदिनुहुन अनुरोध गर्दछु,’ उहाँले लेख्नुभएको छ।

यता दूतावासले भने दीपशिखा कोरियामै रहेको र समस्या समाधान हुने क्रममा रहेको बताएको छ। मंगलबार सउलस्थित दूतावासले एक सूचना जारी गर्दै राजदूतले दीपशिखासँग मगाएको औषधि डाक्टरको प्रेस्क्रिप्सनबिना भएकाले उहाँमाथि कोरियाली अधिकारीले अनुसन्धान गरिरहेको बताएको छ।

यस्तै सूचनामा भनिएको छ, ‘ भन्सार अधिकारीको माग बमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेको कारण सो समस्या समाधान हुने अन्तिम क्रममा छ।

भन्सारको भेरिफिकेसन नसकिएसम्म उहाँलाई कोरियाबाट नेपाल फर्किन रोक लगाइएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img