spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

अनमोल केसी हाजिरी जमानतमा रिहा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अभिनेता अनमोल केसीलाई आइतबार बेलुकी हाजिरी जमानीमा छाडिएको छ। प्रमाण नष्ट गर्न सक्ने सम्भावना नदेखिएकोले केसीलाई हाजिरी जमानतमा हिरासतमुक्त गरिएको प्रहरी अधिकारीले बताएका छन । प्रहरीका अनुसार आरोपीले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नदेखिएमा हाजिरी जमानतमा हिरासतमुक्त गर्न सकिने व्यवस्था छ।

अभिनेता अनमोल केसीलाई प्रहरीले शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । सिनेमा निर्माता सुप्रिया कटुवालको उजुरीमा केसीले सिनेमामा अभिनय गर्नका लागि सम्झौता गरी १० लाख पेश्की लिएर आफुले सम्झौता नै नगरेको भनेपछि निर्माता सुप्रिया कटुवालका उजुरीका आधारमा केसी पक्राउ परेका थिए।

सुदर्शन थापाको निर्देशनमा निर्माता कटुवालले ‘रावायण’ नामक फिल्म बनाउन लागेकी थिइन्, जसमा नायकका लागि अनमोल केसीलाई सम्झौता गरी १० लाख बुझाएको उनको दाबी छ। आफ्नो फिल्मका लागि साइन गरेर केसीले अर्को फिल्म ‘फर्कीफर्की’ मा काम गर्ने भएपछि कटुवालले आफुलाई धोका भएको र अनमोल केसीबाट आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन्।

निर्माता सुप्रिया कटुवालले दिएको उजुरीमा सिनेमा खेल्न पैसा लगेर सम्झौता नै नगरेको भन्दै हिडेको र सुटिङमा पनि नआएकोले उजुरी परेपछि प्रहरीले दुबै पक्षलाई छलफलका लागि पटक पटक ताकेता गर्दा पनि केसी नआए पछि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरीएको प्रहरीले बताएको थियो।

फिल्म ‘रावायण’मा काम गर्ने बचन दिएर अन्तिम समयमा धोका दिएको भन्दै निर्देशक तथा निर्माता सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवाल (चन्द्रकला कटुवाल) द्वारा असोज ८ गते अनमोल विरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img