spot_img
Monday, September 23, 2024
65.7 F
Washington DC.
spot_img

पश्चिम नेपालमा ६ पटक भूकम्पको धक्का, सात भन्दा बढी घाइते

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मङ्गलबार नेपालको पश्चिमी क्षेत्रमा क्रमशः ५.३ र ६.३ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा सात जना घाइते भएका छन् भने कैयौं घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । काठमाडौंबाट ७०० किलोमिटर पश्चिममा रहेको बझाङ जिल्लामा

 राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार, ५.३ म्याग्निच्युडको पहिलो भूकम्प दिउँसो २ बजेर ४० मिनेटमा गएको थियो । र अर्को ६.३ म्याग्निच्युडको भूकम्प दिउँसो ३:०६ मा गएको थियो ।  

त्यसपछि दिउँसो ३ बजेदेखि ५ः३८ बजेसम्म बझाङ जिल्लामा ६ पटक ४ देखि ५ म्याग्निच्युडका परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बझाङ जिल्लामा चार विद्यार्थीसहित छ जना र छिमेकी अछाम जिल्लामा एक जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । एकजना विद्यार्थी आत्तिएर दुई तले भवनबाट हाम फालेर घाइते भएका थिए ।

भूकम्पका कारण जिल्ला प्रहरी कार्यालय बझाङको एउटा भवन र धेरै घरमा क्षति पुगेको स्थानीय प्रशासन कार्यालयले जनाएको छ । भूकम्पपछि धेरै साना परकम्प पनि महसुस गरिएको जिल्ला प्रशासन कार्यालय बझाङका एक अधिकारीले संचार माध्यमलाई बताएका छन्  ।

तस्बिरः संजिव बज्राचार्य, बझांग

भूकम्पको धक्का अछाम, डोटी, बाजुरा, बैतडीलगायत आसपासका जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का काठमाडौं र छिमेकी भारतमा पनि महसुस गरिएको थियो ।

अप्रिल २०१५ मा ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पले नेपालमा झण्डै ९ हजार मानिसको ज्यान लिएको र करिब २२ हजार घाइते भएका थिए । भूकम्पले ८ लाख भन्दा बढी घर र विद्यालय भवनहरूलाई पनि क्षति पुर्याएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img