spot_img
Monday, September 23, 2024
66.5 F
Washington DC.
spot_img

इजरायली सेनाद्वारा सम्पूर्ण गाजा पट्टी कब्जा गर्न आदेश : एक लाख सैनिक तैनाथ; हमासको आक्रमणमा ९ अमेरिकी नागरिक मारिए

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इजरायलले आफ्नो सेनालाई सम्पूर्ण गाजा पट्टी कब्जा गर्न आदेश दिएको छ। यस प्रयोजनकालागि इजरायलले गाजा सीमामा १ लाख सैनिक तैनाथ गरेको छ । साथै ३ लाख सैनिकलाई तयार रहन भनिएको छ । इजरायलका रक्षामन्त्री योभ गालान्टले पनि गाजा पट्टीमा खाद्यान्न, पानी, बिजुली र इन्धनको आपूर्ति रोक्न अधिकारीहरूलाई आदेश दिएका छन्।

सेनाले सीमावर्ती इजरायली क्षेत्रलाई हमास लडाकूबाट मुक्त गराएको छ । यद्यपि प्यालेस्टाइनबाट लडाकुहरू इजरायलमा प्रवेश गरिरहेका छन्। अर्कोतर्फ हमासले इजरायलले गरेको आक्रमणमा आफ्नो कैदमा रहेका ४ इजरायलीको पनि मृत्यु भएको दाबी गरेको छ ।

इजरायलको वायुसेनाले राती गरेको आक्रमणमा हमास र प्यालेस्टिनी इस्लामिक जिहादका ५०० युद्धकक्ष ध्वस्त पारेको बताइएको छ । युद्धको तेस्रो दिन अहिलेसम्म ८०० इजरायलीको मृत्यु भइसकेको छ । इजरायलको जवाफी कारबाहीमा ५ सय प्यालेस्टाइनी मारिएका छन् भने २ हजारभन्दा बढी घाइते भएका छन् ।

प्यालेस्टाइनले गाजा र वेस्ट बैंकलाई आफ्नो हिस्सा भएको दाबी गर्दै आएको छ ।

९ अमेरिकी र १० बेलायती नागरिकको मृत्यु
योसँगै इजरायलमा ९ अमेरिकी र १० बेलायती नागरिकको मृत्यु भएको छ । यसअघि फ्रान्स, जर्मनी र युक्रेनले पनि हमासको आक्रमणमा आफ्ना नागरिकको मृत्यु भएको पुष्टि गरेका थिए ।

“यस समयमा, हामी नौ अमेरिकी नागरिकको मृत्युको पुष्टि गर्न सक्छौं,” ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले आइतबार जानकारी दिएका छन । “हामी पीडितहरू र प्रभावित सबैका परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौं, र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

“हामी स्थितिलाई नजिकबाट निगरानी गरि राखेका छौ र हाम्रा इजरायली साझेदारहरू, विशेष गरी स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहन्छौं, ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले बताएका छन् “।

साथै, १० बेलायती नागरिक मरेका वा बेपत्ता भएको संचार माध्यमले जनाएका छन । हालसम्म कम्तीमा ७ सय इजरायली र ५ सय प्यालेस्टाइनी मारिएका छन् ।

अमेरिकालाई हिज्बुल्लाहको धम्की
लेबनानी संगठन हिजबुल्लाहले अमेरिकालाई धम्की दिएको छ । हिजबुल्लाहले भनेको छ – प्यालेस्टाइन युक्रेन नभएको र यदि अमेरिकाले युद्धमा प्रत्यक्ष हस्तक्षेप गर्‍यो भने मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरूमा आक्रमण गर्नेछन् ।

हमासद्वारा मानव ढालको प्रयोग
हमासले १३० जना इजरायलीहरुलाई अपहरण गरेको दाबी गरेको छ । उनीहरुलाई गाजा पट्टीको सुरुङमा राखिएको छ । हमासले यी इजरायली नागरिकहरुलाई मानव ढालको रूपमा प्रयोग गर्न बन्धक बनाएको हो । यदि इजरायलले आक्रमण गर्यो भने आफ्नै मानिसहरू मारिनेछन्। इजरायलको सैनिकले बन्धकमा महिला, बालबालिका र परिवार रहेको जनाएको छ।

अमेरिकाले इजरायललाई सैन्य सहयोग दिने
उता,अमेरिकाले इजरायललाई सैन्य सहयोग दिने कुरा गरेको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भनेका छन् – ‘हाम्रा जहाज र लडाकु विमानहरू इजरायलतर्फ मद्दतका लागि अघि बढिरहेका छन्’। ‘हामीले युएसएस जेराल्ड आर फोर्ड विमान वाहक (युद्धपोत) लाई अलर्ट गरेका छौं’।

इजरायली कर्नल रिचर्डले सोमबार पत्रकार सम्मेलनमा हमासका लडाकुहरू अझै पनि इजरायलमा प्रवेश गरिरहेको बताएका छन् । इजरायली सेनाद्वारा ट्र्याक्टरमा पसेका एक लडाकु मारिएका छन् ।

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार यतिबेला इजरायलमा ७ देखि ८ स्थानमा लडाइँ चलिरहेको छ । हमाससंगको लडाइमा इजरायलका अहिलेसम्म ७३ सैनिकको मृत्यु भएको जनाइएको छ । जहाँ जहाँ सैनिकहरुले हमास लडाकुहरूलाई धपाइँ रहेको छन , ति स्थानहरुमा छापा मार्दा इजरायलीहरूको शव फेला परिरहेको बताइएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img