spot_img
Monday, September 23, 2024
67.9 F
Washington DC.
spot_img

कैद माफीविरुद्ध राष्ट्रपति कार्यालयअगाडि शान्ति समाजको विरोध प्रदर्शन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मानव अधिकार तथा शान्ति समाजले २०८० असोज २२ गते दिउँसो राष्ट्रपति कार्यालय शितल निवासअगाडि विरोध प्रदर्शन गरेको छ। संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको संभावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्न माग गर्दै प्रदर्शन गरेको हो।

विरोध प्रदर्शनमा शान्तिवादीहरूले राष्ट्रपति महोदय ! न्यायको सार्वभौम मान्यता विपरित माफी मिनाहाको घोषणा किन ? लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने ? कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, हत्या हिंसा महिमामण्डन गर्न पाइदैँन, हत्यालगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

सो क्रममा प्रहरीले सहभागीहरुमध्येबाट शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणि बन्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरू रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनीसहित ११ जनालाई प्रहरीले गिरफ्तार गरेको
मानव अधिकार तथा शान्ति समाजकी उपनिर्देशक सरिता पौडेलले बताउनुभएको छ।

अर्को विरोध प्रदर्शन प्रधानमन्त्री कार्यालय सिंहदरबार (दक्षिण गेट) अगाडि असोज २६ गते दिउँसो १ बजे हुने शान्ति समाजले जनाएको छ।

यसैगरी शान्ति समाजले कुशासन र दण्डहीनताविरुद्ध केन्द्रित रही असोज २१ गतेदेखि देशव्यापी अभियान प्रारम्भ गरेको छ। यस क्रममा शान्ति समाजका पाल्पा, चितवन, दाङ, महोत्तरी, नवलपुर, शाखाले असोज २१ गते दाङ र सुर्खेत शाखाले २२ गते जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा प्रदर्शन गर्नुका साथै प्रधानमन्त्रीलाई लेखिएको १० बुँदे ज्ञापनपत्र, प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन्।

प्रदर्शनमा महँगीले ढाड भाँच्यो, नागरिकलाई राहत खोइ ?, अतिवादले क्षति मात्र गर्छ, ललिता निवास जग्गा घोटालामा अदालतको आदेश अनुरुप छानबिन किन नगरेको ? सुन काण्डका नाइकेमाथि कारबाही खोइ? संक्रमणकालीन न्यायसम्बन्धी ऐनलाई मानव अधिकारमैत्री बनाऊ, पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, हिंसा र आपराधिकरणलाई बढावा दिने काम बन्द गर, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय शीघ्र खारेज गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img