Friday, March 6, 2026
53.4 F
Washington DC.

एकल टिकटले जित्यो $१.७३ बिलियनको पावरबल ज्याकपोट

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

क्यालिफोर्नियामा बिक्री भएको एउटा टिकटले सबै पाँच नम्बरहरू र पावरबल सबै मिलाएर $१. ७६ बिलियन ज्याकपोट जितेको छ। एकल बिजेताले नगद $ ७७४ .१  मिलियन पाउने छन् ।

बुधवार राती खोलिएको ज्याकपोट पुरस्कारका लागि विजयी नम्बरहरू थिए: २२ , २४ , ४० , ५२ , ६४ र रातो पावरबल १० । पावर प्ले २  थियो।

एउटा बिजेता भएको टिकट फ्रेजियर पार्क, क्यालिफोर्नियामा बेचिएको थियो, जुन केर्न काउन्टीको लस एन्जलस र बेकर्सफिल्डको बीचमा अवस्थित छ।

पावरबलको वेबसाइटका अनुसार कुल १० जना व्यक्तिहरूले यस पावरबल ड्र बाट कुल $१ मिलियन वा सोभन्दा बढी जित्ने छन्।

अधिकारीहरूले पहिले भनेका थिए कि सोमबारको ज्याकपोट पावरबल इतिहासमा तेस्रो सबैभन्दा ठूलो पुरस्कार थियो।  तर, सोमवार कसैलाई पनि ज्याकपोट नपरेपछि बुधवार खेलाइएको पुरस्कार अब दोस्रो-सबैभन्दा ठूलो पावरबल ज्याकपोट भएको छ।  

पछिल्लो बिलियन डलरको पावरबल पुरस्कार  २.०४ बिलियन डलर — गत वर्ष नोभेम्बरमा क्यालिफोर्नियामा जितेको थियो। अर्को सबैभन्दा ठूलो पुरस्कार — $१. ५८६ बिलियन – जनवरी २०१६ मा क्यालिफोर्निया, फ्लोरिडा र टेनेसीमा जितिएको थियो।

ज्याकपोट विजेताहरूले तत्काल नगद एकमुष्ट वा २९ वर्षमा ३० वार्षिक भुक्तानीहरूमा पैसा लिन सक्छन्। दुबै विज्ञापित पुरस्कार विकल्पहरूमा संघीय र राज्यका  करहरू समावेश छैनन्।

पावरबल टिकटहरूको मूल्य $२ छ र ४५  अमेरिकी राज्यहरू साथै वाशिंगटन, डीसी, पोर्टो रिको र यूएस भर्जिन टापुहरूमा बेचिन्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img