Friday, March 6, 2026
54.4 F
Washington DC.

इंग्ल्याण्डद्वारा पाकिस्तान ९३ रनले पराजित, विश्वकपको यात्राबाट बाहिर

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतः कलकत्ताको इडेन गार्डेनमा सनिवार भएको खेलमा इंग्ल्याण्डसंग पाकिस्तान ९३ रनले पराजित भएको छ । यो संगै पाकिस्तानको विश्वकप यात्रा टुंगिएको छ।

इडेन गार्डेनमा टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डले पूरा ओभर खेलेर ९ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो।

इंग्ल्याण्डका तर्फबाट बेन स्टोक्सले ७६ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ८४ रन बनाए ।त्यस्तै जो रूटले ७२ बलमा ४ चौका प्रहार गरी ६० रन बनाउँदा जोनी बैर्स्टोले ६१ बलमा ७ चौका र १ छक्का प्रहार गरी ५९ रनको योगदान गरे।
‍डविड मलानले ३१ रन, ह्यारी ब्रुकले ३० रन र कप्तान जोश बट्लरले २७ रन जोडेका थिए।

बलिङतर्फ पाकिस्तानका हरिश रौफले ३ विकेट लिए। शाहिन अफ्रिदी र मोहम्मद वासिमले २/२ विकेट लिँदा इफ्तिखर अहमदले एक विकेट लिएका थिए।

उता पाकिस्पातानले ४३ं।३ ओवर खेल्दै २४४ रनमा अल आउट भएको थियो। किस्तानका तर्फबाट सलमानले ५१, वावरले ३८ र मोहमदले ३६ रन जोडेका थिए।

बलिंगतर्फ इंग्ल्यान्णकालागि डेविडले ३ , गुस र आदिलले २-२ विकेट लिएका थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img