Thursday, April 23, 2026
78.7 F
Washington DC.

नक्कली भुटानी शरणार्थी प्रकरण: टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर रायमाझी थुनामै रहने, बालकृष्ण खाणको मुद्दा टुंगो लागेन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा उच्च अदालत पाटनले आज सुनुवाई गर्दै थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई भने थुनामै राख्न आदेश दिएको छ। यसै गरी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख नगद धरौटीमा छोड्न आदेश दिएको छ । इजलासले पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

यसैगरी, इजलासले हज समितिका अध्यक्ष रहेका शमशेर मियाँसँग १० लाख रुपैयाँ, हरिभक्त महर्जनसँग १५ लाख, एमाले नेता टोपबहादुरका छोरा सन्दिपसँग ३० लाख रुपैयाँ र रामशरण केसीसँग १५ लाख रुपैयाँसँग धरौटी माग गरिएको छ।

साधारण तारेखमा छोड्न आदेश
यस्तै, न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले थुनामा रहेका लक्ष्मी महर्जन, टंक कुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ ।

थुनामै राख्न आदेश
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा उच्च अदालत पाटनले पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई पनि थुनामै राख्न आदेश दिएको छ ।

बालकृष्ण खाणको मुद्दा टुंगो लागेन
पूर्वगृहमन्त्री बालकृष्ण खाणका सम्बन्धमा न्यायाधिसहरु बिच नै राय बाझेकाले मुद्दा टुंगो लाग्न सकेन। न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्न सकिने राय दिएका थिए भने अर्का न्यायाधीश प्रकाश खरेलले खाणलाई थुनामै राख्ने जिल्ला अदालतकै आदेशलाई सदर गुर्नपर्ने राय दिएका थिए । दुई न्यायाधीशको मत बाझिएपछि एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्ने विषयमा निर्णय हुनेछ। त्यसको लागि अर्को हप्ता पेशी तोकिनेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। उनीहरुले आफूलाई धरौटीमा छाड्नुपर्ने दाबी गर्दै जिल्ला अदालत काठमाडौंको आदेशबिरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img