Sunday, May 18, 2025
76.1 F
Washington DC.

भारतीय वायुसेनाको विमान दुर्घटना- दुईजना पाइलटको मृत्यु

सम्बन्धित समाचार

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । 

दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको हो । पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन् ।

एसपी रोहिणीले दिएको जानकारी अनुसार यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो। विमानभित्र दुई जना सवार थिए, तिनमा एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए। विमानस्थलका कर्मचारी र क्लु टोली घटनास्थल पुगेका छन्। दमकलले आगो निभाइरहेको छ।

दुर्घटनाबारे अनुसन्धान जारी छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img