Thursday, April 23, 2026
78.7 F
Washington DC.

इन्डोनेसियामा विवाहका २८ पाहुना बोकेको डुङ्गा बेपत्ता- खोजी जारी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार विवाहमा सहभागी हुन गएका कम्तीमा २८ जना सवार एउटा डुङ्गा इन्डोनेसियाको वेस्ट सुलावेसीस्थित मामुजु रिजेन्सीको तटीय क्षेत्रमा बुधबारदेखि बेपत्ता भएको छ। यस घटनाको कारण पत्ता लगाउन र बेपत्ता डुङ्गा तथा त्यसमा सवार व्यक्तिहरुको उद्धारको व्यापक खोजी अभियान सुरु गरिएको छ। सञ्चारमाध्यमहरूका अनुसार उक्त डुङ्गाको अन्तिम ज्ञात स्थान एम्बो टापुको वरपर थियो।

बुधबार साँझ घटनाबारे मामुजु खोज तथा उद्धार (एसएआर) कार्यालयलाई जानकारी गराइएको थियो । स्थानीय समय अनुसार बिहान १० बजे एम्बो टापुबाट डुङ्गा प्रस्थान भएको थियो र मामुजुको पोर्ट सुमारेमा अपराह्न ४ बजे पुग्ने अनुमान गरिएको थियो । रात पर्दा पनि डुङ्गा नआए पश्चात खोजी कार्य सुरु गरिएको थियो ।

मामुजु खोज तथा उद्धार (एसएआर) टोलीलाई एम्बो टापुमा पठाइएको सञ्चारमाध्यमहरूले जनाएका छन । यो घटनाले इन्डोनेसिया, लगभग १७ हजार टापुहरू मिलेर बनेको द्वीपसमूहमा समुद्री सुरक्षाको चलिरहेको बहसलाई तिब्र बनाएको छ।।

तथ्याङ्कले इन्डोनेसियाको समुद्री सुरक्षा रेकर्डमा चिन्ताजनक अवस्था देखाउँछ। सन् २०२२ मा समुद्री दुर्घटनामा ६९ जनाको ज्यान गएको थियो भने २०२१ मा समुद्री दुर्घटनामा ३४२ जनाको मृत्यु भएको थियो । समुद्री दुर्घटनाहरूको उच्च घटनाहरू प्रायः अपर्याप्त सुरक्षा नियमहरू र नेभिगेसन एड्सको कमीसँग जोडिएको हुन्छ।

बेपत्ता डुङ्गा र यसका यात्रुहरूको खोजी जारी रहँदा, यो घटनाले इन्डोनेसियामा समुद्री सुरक्षाकोलागि तत्काल पहल गर्न दबाब बढेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img