spot_img
Thursday, November 21, 2024
46.5 F
Washington DC.
spot_img

वेल्सकी राजकुमारी केट मिडलटनलाई क्यान्सर, भिडियो सन्देशमार्फत खुलासा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बेलायती सिंहासनका उत्तराधिकारी प्रिन्स विलियमकी पत्नी वेल्सकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ । उनले शुक्रवार एक भिडियो सन्देश जारी गर्दै यस्तो खुलासा गरेका हुन् । यसअघि, सामाजिक सञ्जालमा केट मिडलटनको स्वास्थ्यबारे धेरै चर्चा फैलिन थालेका थिए । विशेष गरी जब उनी जनवरीमा शल्यक्रिया गरेपछि सार्वजनिक रूपमा नदेखिएपछि उनको स्वास्थवारे चिन्ता गरिएको थियो। भिडियो सन्देशमा, केटले आफुलाई क्यान्सर भएको ‘ठूलो झटका’ भनेर वर्णन गर्दै भनिन्, “म ठीक छु र दिनप्रतिदिन बलियो हुँदै गइरहेको छु।” केटले आफू केमोथेरापी लिइरहेको बताइन् ।

केट मिडलटनको पेटको शल्यक्रिया जनवरीमा भएको थियो । त्यतिबेला यो क्यान्सर नभएको भनिएको थियो तर पछि अनुसन्धान प्रतिवेदनले यसमा क्यान्सर भएको खुलासा गरेको थियो । बेलायती शाही परिवारले क्यान्सरको प्रकारको बारेमा कुनै जानकारी दिएको छैन।

केटले आफ्नो भिडियो सन्देशमा भनेकी छन, ‘मलाई निको हुन मद्दत गर्ने कुरामा ध्यान केन्द्रित गरेर दिनप्रतिदिन बलियो हुँदैछु । उनले यो कठिन समयमा आफ्नो गोपनीयताको ख्याल गर्न अपिल गरेकी छन। केही समयअघि राजा चार्ल्सलाई पनि प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो, त्यसपछि उनले सार्वजनिक कार्यक्रममा सहभागी हुन छाडेका छन् ।

शल्यक्रियापछि अनुसन्धानमा खुल्यो
आफ्नो स्वास्थ्यबारे जानकारी दिँदै केटले भनिन्, ‘जनवरीमा लण्डनमा मेरो पेटको ठूलो शल्यक्रिया गरिएको थियो र त्यसबेला मेरो अवस्था क्यान्सररहित छ भन्ने लागेको थियो, शल्यक्रिया सफल भएको थियो तर शल्यक्रियापछि परीक्षण गर्दा क्यान्सर भएको पत्ता लागेको थियो । त्यसकारण मेरो मेडिकल टोलीले मलाई केमोथेरापीको कोर्स गर्न सल्लाह दियो र म अहिले उपचारको प्रारम्भिक चरणमा छु।”

केट र विलियमले २०११ मा विवाह गरेका थिए। दुबैका तीन सन्तान छन् – प्रिन्स जर्ज (१०), राजकुमारी चार्लोट (८) र प्रिन्स लुइस (५)। अमेरिकी मिडिया आउटलेट सीएनएनले शाही स्रोतलाई उद्धृत गर्दै केटले फेब्रुअरीको अन्त्यमा केमोथेरापी सुरु गरेको बताएको छ। उनी र विलियमले उनीहरूका बच्चाहरूको स्कूलको इस्टर बिदा शुक्रबारबाट सुरु हुने भएकोले समाचार सार्वजनिक गर्न अहिले सम्म पर्खिरहेको थिए।

भिडियो सन्देशमा केटले भनेकी छन्, “मलाई शल्यक्रियाबाट निको हुन र उपचार सुरु गर्न समय लाग्यो। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, जर्ज, शार्लोट र लुइसलाई उनीहरूका लागि उपयुक्त तरिकाले जानकारी गराउन र आश्वस्त पार्न हामीलाई समय लाग्यो”।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img