spot_img
Thursday, September 19, 2024
81.9 F
Washington DC.
spot_img

अमेरिकामा गीत-भण्डारको स्थापनाः गीत संगीत प्रेमी जुर्मुराउदै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाली गीत संगीतको विविध संग्रहको लागि अमेरिकामा नेपाली गीत- भण्डारको युट्यूव च्यानलको विधिवत स्थापना गरिएको छ। यो च्यानल तपाईंको अन्तिम गन्तव्य हुने हाम्रो विश्वास छ, च्यानलका संचालक तथा संस्थापक सुनिल मणि दाहालले सामाजीक संजाल मार्फत एक विज्ञप्ती जारी गर्दै जनाउनु भएको छ । 

भावपूर्ण नेपाली लोक भाकाका गीतहरू देखि ऊर्जावान पप , रक र रोमान्टिक गीतहरू सम्म, दर्शकहरूलाई मनोरञ्जन र आनन्द प्रदान गर्न आफ्नै अद्वितीय गीतहरू उत्पादन तथा निर्माण गरी  पस्कने योजना रहेको विज्ञप्तीमा जनाइएको छ ।

शुद्ध रमाइलोको लागि उत्पादन गरिएका नेपाली गीतहरूको भण्डारबाट  आफुलाई मन परेका भाकाका गीतहरूमा रम्न र झुल्न नेपाली गीत भण्डारको युट्यूव च्यानललाई लाईक र सब्सक्राईव गर्न आग्रह गरिएको छ। 

नेपाली गीत-भण्डार भर्जिनियामा दर्ता भएको र विधिवत संचालन गर्दै आज एक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।गीतको विवरण यसप्रकार छः

  • गीतको बोलः कैले उकाली, कैले ओराली
  • गीतकारः सुनिल मणि दाहाल
  • गायकः राम कृष्ण ढकाल
  • कम्पोजः सुनिल मास्के
  • एरेन्जः प्रदिप श्रेष्ठ
  • रेकर्डिंग/मिक्सिंगः किशोर थापा

गीत हेर्न र सुन्न यहां क्लिक गर्नु होस

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img