Saturday, July 25, 2026
82 F
Washington DC.

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका र कम्पोज गरेका हुन। दाहालले गीतमा प्रेमको गहिराइलाई भावनात्मक शब्दहरू मार्फत प्रस्तुत गरेका छन्।

नेपाली आइडलकी पहिलो महिला विजेता सज्जा चौलागाईंको सुरीलो आवाजले गीतका भावनाहरूलाई जीवन्त बनाएको छ, जसले सुन्ने जोकोहीलाई मोहित बनाउँछ।संगीतकार तथा गायक बिराज गौतमले KTM Beats मार्फत गरेको उत्कृष्ट संगीत संयोजनले गीतको सम्पूर्ण उत्पादनमा एक मनमोहक स्पर्श थपेको छ।

गीतको छायांकन दिपेश गिरीले गरेका छन् भने सह-छायांकार निपेश भट्टराई हुन्। गीतको सम्पादन, रङ संयोजन, र प्रचार डिज़ाइन Ace Production द्वारा गरिएको छ।

“तिम्रो माया” गीतको आधिकारिक भिडियो गीत भण्डारको युट्युब च्यानलमा निम्न लिंकमा हेर्न सकिन्छ: तिम्रो माया।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img