Friday, March 6, 2026
53.4 F
Washington DC.

राष्ट्रपति बाइडेनले छोरालाई माफी दिए, विवादित निर्णयले उठायो राजनीतिक बहस

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राष्ट्रपति जो बाइडेनले आइतवार आफ्ना छोरा हन्टर बाइडेनलाई पूर्ण र बिनासर्त माफी दिने घोषणा गरेका छन्। यो माफीले हन्टरलाई संघीय हतियार अपराध र करसम्बन्धी आरोपमा हुनसक्ने जेल सजायबाट मुक्त गराएको छ। साथै, सन् २०१४ देखि २०२४ सम्म उनले गरेका सम्भावित संघीय अपराधहरूलाई पनि समेट्छ।

राष्ट्रपतिले आफ्नो निर्णयलाई सही ठहराउँदै भनेका छन, “हन्टरलाई अन्य व्यक्तिहरूभन्दा फरक ढंगले र राजनीतिक कारणले निशाना बनाइएको छ। म यो निर्णय पिता र राष्ट्रपति दुवै रूपमा लिँदै छु।” बाइडेनले यो मुद्दालाई राजनीतिक प्रतिस्पर्धीहरूले आफूलाई लक्षित गर्न प्रयोग गरेको दाबी गरेका छन ।

हन्टर बाइडेन यस वर्ष संघीय हतियार खरिदसम्बन्धी झूटा विवरण दिने र समयमा कर नतिर्ने घटनामा दोषी ठहरिएका थिए। उनले कुल १.४ मिलियन अमेरिकी डलर बराबरको कर नतिरेको स्वीकार गरेका थिए।

यस कदमले बाइडेनको पूर्व प्रतिबद्धतालाई उल्टाएको छ, जसमा उनले आफ्नो कार्यकारी शक्ति परिवारका लागि प्रयोग नगर्ने बताएका थिए। आलोचकहरूले यसलाई नैतिक शासन र पारदर्शिताको प्रतिज्ञाविरुद्धको कदम भनेका छन्।

यो माफीले अमेरिकामा कार्यकारी शक्तिको सीमाबारे बहसलाई पुनः जीवित पारेको छ। हन्टर बाइडेनको मुद्दालाई लिएर विपक्षीहरूले जाँच र छानबिन जारी राख्ने प्रतिक्रिया दिएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img