spot_img
Saturday, September 21, 2024
81.4 F
Washington DC.
spot_img

दाहाल र सुवेदीको बिचको टक्कर ‘नेक टू नेक’: भरतपुरको मत परिणाम रोचन बन्दै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

यसपालीको स्थानीय तह चुनावमा सत्ता गठबन्धनका पाँच दलले देशभर नै चुनावी तालमेल गरेका छन् । यसै तालमेलमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको मुख्य चासो भरतपुरमा केन्द्रित छ ।

गत स्थानीय निर्वाचनमा मत पत्र च्यातेको विवादले ठूलो हलचल मच्च्याएको विवादित निर्वाचनमा प्रचण्ड पुत्री रेनु दाहालले एमालेका देवी ज्ञवालीलाई २०३ मतान्तरले हराउदै भरतपुरको मेयरमा विजयी भएकी थिइन्। यसपाली पुन रेनु दाहाललाई नै सत्ता गठबन्धनले मेयर पदमा उठाएको हुदा निर्वाचनको प्रचारका दौरान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा समेतले भरतपुरको भेलामा रेनुकालागि भोट मागेका थिए।

उता, नेपाली काग्रेसका असन्तुष्ट पक्षका तर्फ बाट बागी उम्मेदवार जगन्नाथ पौडेल उठेका छन् भने एमालेले राप्रपासंग गठबन्धन गरी विजय सुवेदीलाइ उठाएको छ।

नेपाली कांग्रेसका पाका नेता जगन्नाथ पौडेललाई भने भरतपुरमा ‘कांग्रेसको बिउ जोगाउनका निम्ति’ आफ्नै पुराना नेताकार्यकर्ताले गरेको भरोसा प्रमाणित गर्नु छ।

अघिल्लो चुनावमा गठबन्धन गर्दा मेयरको पद छाड्नु परेको कांग्रेसलाई यसपालि पनि सोही हसिया हतौडामा भोट हाल्नु पर्दा नमिठो लागेको थियो।

मेयरमा अहिले दाहाल अग्रस्थानमा देखिएकी छिन्। उनी एमालेका सुवेदी भन्दा जामा ३२३ मतले मात्र अगाडी छिन । दाहालले ७,३५१ मत प्राप्त गर्दा एमालेका सुवेदीले ७,०२८ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३,५६२ मत पाएका छन् । बागी उम्मेदवार जगन्नाथ पौडेलका कारण दाहालले नोक्सानी व्यहोर्नु पर्ने एकथरीले अनुमान गर्दै आएका छन्।

भरतपुरमा १ लाख २७ हजार मत छ । अझै एक लाखभन्दा धेरै मतगणना हुन बाँकी छ ।

गत स्थानीय निर्वाचनमा रेनु दाहाल र एमालेका उम्मेदवार देवी ज्ञवालीको मत गणनाका क्रममा आफूहरू गठबन्धनले धादली गरेको भन्दै आफु हरु अन्यायमा परेको एमालेका कार्यकर्तामा गहिरो चोट परे बाट यसपालि भरतपुरको परिणाम आफु तर्फ पार्न सुवेदी लगायत एमाले कार्यकर्ताहरु कम्मर कसेर लागेका देखिन्छन । त्यतिखेर झन्डै ७,००० मत ल्याएको राप्रपाले यसपालि एमालेसँग गठबन्धन गरेको छ।

भरतपुरको अन्तिम परिणामले राष्ट्रिय राजनीतिमा कसिएको गठबन्धनको गाँठो झन् कस्ने वा खुकुलो पार्न सक्ने ल्याकत राखेको धेरैले अनुमान गरेका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img