Friday, March 6, 2026
53.4 F
Washington DC.

चर्चित गायक राजु लामाले गरे सगरमाथा आरोहण 

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चर्चित गायक राजु लामाले सोमवार बिहान सगरमाथाको सफल आरोहण गरेका छन । जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेका हुन् ।

इम्याजिन नेपाल एक्सपिडिसनका अनुसार सोमवार बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्ममा टिमका सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट २७ जनाले सगरमाथा आरोहण गरेका छन् । आरोहण दलको नेतृत्व मिङ्मा जीले गरेका थिए ।

इम्याजिन नेपाल एक्सपिडिसन ग्रुपमा नेपाल, चीन, अष्ट्रेलिया, रुस लगायतका आरोही सहभागी छन् ।

फोटोः मिङ्मा जी

जलवायु परिवर्तनको असरबारे सन्देश दिन सर्वोच्च शिखर चढेका लामाले सगरमाथाको ६,५७४ मिटर उचाइमा एकल कन्सर्टसमेत गरेर कीर्तिमान बनाएका छन् । यो नै विश्वकै उच्च स्थानमा गरिएको कन्सर्ट हो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img