spot_img
Saturday, September 21, 2024
76.4 F
Washington DC.
spot_img

काठमाण्डौमा लौरोले स्थापित दलहरुको ढाड सेक्दै – ८ वटै वडामा बालेन अगाडि

सम्बन्धित समाचार

एक इञ्जिनियर एवं र्‍यापरकाे पहिचान बनाएका बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्दा मुलधारका मिडिया लगायत लामो समय देखि जग बसाएका परम्परागत राजनीतिक शक्तिहरूले समेत ‘गीत गाउने एउटा फुच्चे र्यापर राजनीतिमा हामिलाई टक्कर दिने’ भन्दै होच्याउदै मजाक उडाएका थिए।

भनिन्छ नपत्याउने खोलाले बगाउछ। यतिबेला, काठमाण्डौको मेयरको निर्वाचन परिणामले यस्तै पुष्टि गरेको छ। मत गणनामा अग्रता लिदै आएका स्वतन्त्र उम्मेदवार बालेन शाहको लौरोले गणना भए देखि नै पुराना तथा स्थापित दलहरुको ढाड सेक्दै आएको छ ।

हुन त काठमाण्डौको निर्वाचन अनप्रेडिक्टेबल मानिन्छ। बिगत लाई फर्केर हेर्ने हो भने काठमान्डौमा नानी मैया दाहाल र गोल्छे सार्कीले जितेको तथा प्रजातन्त्र स्थापनापछिका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर एमालेका नेता मदन भण्डारीलाई जिताउने पनि काठमान्डौ नै हो, यहा समय अनुशार चल्ने हावाले निर्णायक भूमिका खेलेको इतिहास छ ।

यतिबेला , राष्ट्रिय सभागृहस्थित मतगणनास्थलमा बालेनका समर्थकहरुको भिड बढदो देखिन्छ। ‘देखिस् क्यारे एमाले, जनताले भोट कहाँ हाले?’ भन्दै समर्थकहरुले नारा लगाउदै एमालेको झ्याली पिट्दै आएको देखिन्छ।

राजनीति नै नगरेका, पार्टी संगठन नै नभएका बालेनले काठमाडौं जस्तो महानगरपालिका चलाउन सक्नेछैनन भन्ने हरुको मुख बन्द गर्दै बालेनको लौरो उकालो लागेको अवस्था छ।

आइतबार १, २, ३, ४ र ३२ को मतगणना हुँदा अग्रता लिएका उनले सोमबार थप वडाहरुको गणना हुँदा पनि अग्रता अझ फराकिलो बनाउँदै लगेका छन् । यतिबेला काठमाडौंका ८ वटै वडामा बालेन अगाडि छन्।

केही समय अघि प्राप्त मतपरिणाम अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनले ८,४२० मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका छन् । एमालेका केशव स्थापितले ४,४३६ मत सहित दोश्रो स्थानमा र गठबन्धन तथा नेपाली काग्रेसकी सिर्जना श्रेष्ठ ३,८८१ मत सहित तेश्रो स्थानमा छन।

एक इञ्जिनियर एवं र्‍यापरकाे पहिचान बनाएका बालेनले सफलतामा स्थापित दलहरुले विगतमा काठमान्डौवासीहरूका लागि केहि गर्न नसकेको, आफ्नो दल र आफ्ना मान्छेहरूका लागि मात्र काम गरेकाले उनीहरू प्रतिको वितृष्णालाई बालेनको स्वतन्त्र उम्मेद्ववारी र उनको योग्यता तथा प्राविधिक अनुभव लगायत उनले व्यक्त गरेका योजनाहरुमा काठमान्डौवासीहरू आकर्षित भएका कारण नै प्रमूख मानिएको छ।

काठमाडौं महानगरमा ३ लाख २४२ मतदाता रहेका छन् र यसपाली जम्मा ६४ प्रतिशत मात्र मत खसेको छ। अझै धेरै मत गणना बाकि नै रहेकाले बालेनले नै चुनाव जित्छन् भनेर ठोकुवा गर्न भने गाह्रो छ। तथापि, गणना भएका सबै स्थानहरुमा सुरु देखिको अग्रता र दोब्बर मतको चढावलाई हेर्दा तथा काठमान्डौका मतदाताहरुले खोजेको परिवर्तनको ट्रेन्डलाई हेर्दा बालेनको जितको सम्भावनालाई नकार्न सकिने अवस्था छैन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img