Friday, March 6, 2026
54.4 F
Washington DC.

पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना, सरकार आक्रमक

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमान्डौ महानगरपालिकाले तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ।

महानगर प्रहरीले शनिबार ज्ञानेन्द्र शाह, निर्मल निवास, काठमाडौंका नाममा आठ वटा पत्र पठाएको छ, जसमा प्रत्येक पत्र फरक शीर्षकमा जरिवानासहित प्रस्तुत गरिएको छ। यो निर्णय शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनपछि आएको हो, जहाँ दुर्गा प्रसाईंको अगुवाइमा राजसंस्था पुनर्स्थापनाका लागि गरिएको प्रदर्शनले हिंसात्मकरूप लिएको थियो।

प्रदर्शन र पूर्वराजासँगको भेटघाट

दुर्गा प्रसाईंले प्रदर्शनभन्दा एक दिनअघि निर्मल निवासमा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका थिए। स्रोतका अनुसार सो भेटमा प्रदर्शनबारे छलफल भएको अनुमान गरिएको छ।

शुक्रबारको प्रदर्शनका क्रममा विभिन्न भौतिक संरचनामा क्षति पुर्याइएको र सार्वजनिक स्थानमा फोहोर गरिएको आरोप लगाउँदै महानगरले सो रकम जरिवाना स्वरूप तोकेको हो।

लिङ्देनको चेतावनी: ‘राजालाई पक्राउ गरेर देखाउनू’

यसैबीच, शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले भने, ‘राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा अहिले पनि स्पष्ट छु। राजालाई एरेस्ट गरेर देखाउनु, अनि शक्ति हामी देखाउँछौँ,’ भन्दै उनले सरकारको कदमप्रति असन्तुष्टि जनाए।

लिङ्देनको चेतावनीले यो विषयमा सरकार र राजावादी समूहबीच थप तनाव चुलिने संकेत दिएको छ।

कानुनी प्रक्रिया र सम्भावित असर

पूर्वराजासँगै प्रदर्शनका आयोजकहरूमाथि पनि कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न सक्ने अनुमान गरिएको छ। कानुनविद्हरूका अनुसार यदि जरिवाना तिर्न अस्वीकार गरिएमा, थप कानुनी प्रक्रिया अघि बढ्नेछ।

यस घटनाले नेपालमा हाल राजसंस्थाप्रति केही समूहहरूको बढ्दो समर्थन र विरोधबीचको द्वन्द्वलाई थप चर्काउने संकेत गरेको छ। आगामी दिनमा यस विषयमा सरकार, प्रशासन र पूर्वराजाका तर्फबाट आउने प्रतिक्रियाले यस प्रकरणलाई कुन दिशामा लैजान्छ भन्ने निर्भर गर्नेछ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img