Monday, March 31, 2025
63.6 F
Washington DC.

शुक्रबारको हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजकको दुखद निधन- एफएनजेद्वारा दोषीमाथि कडा कारबाहीको माग

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

शुक्रबार काठमाडौंको तिनकुने क्षेत्रमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा एभिन्यूज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको ज्यान गएको छ। प्रदर्शनकारीले आगजनी गरेको एक निजी भवनभित्र जलेर उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार, राजावादी प्रदर्शनकारीले तिनकुनेमा तोडफोड र आगजनी गरेका थिए। सुरेश रजक प्रदर्शनको भिडियो खिच्न एक भवनमा प्रवेश गरेका थिए, जहाँ प्रदर्शनकारीले आगो लगाएपछि उनी बाहिर निस्कन सकेनन्। प्रहरीले उद्धारको प्रयास गरे पनि उनको ज्यान बचाउन असफल भयो। घटनामा रजकसहित एक प्रदर्शनकारीको मृत्यु भएको छ भने ५० जना बढी घाइते भएका छन्। सरकारले स्थिति नियन्त्रण गर्न कर्फ्यू जारी गरेको छ।

पत्रकार रजतः समाचारकालागी भिडियो /फोटो खिच्दै

नेपाल पत्रकार महासंघ (एफएनजे) ले शनिबार बिहान माइतिघरमा प्रदर्शन गरी रजकको मृत्युको गहन छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ। प्रदर्शनमा बोल्दै एफएनजेका कार्यवाहक अध्यक्ष दीपक आचार्यले मृतक पत्रकारको न्यायका लागि महासंघ प्रतिबद्ध रहेको बताए। उनले सबै पत्रकारलाई एकजुट भई आफ्नो जीवन र सम्पत्तिको सुरक्षाका लागि आवाज उठाउन आह्वान गरे। पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउलेलगायत वरिष्ठ पत्रकारहरूले प्रदर्शनमा सहभागी भई रजकको न्याय र उनको शोकसन्तप्त परिवारका लागि क्षतिपूर्तिको माग गरे।

एफएनजेले आफ्नो स्थापना दिवसका सबै कार्यक्रम स्थगित गरेको छ। केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीका अनुसार, महासंघले विरोध आन्दोलन सुरु गरेको छ। महासंघले आजै आपतकालीन केन्द्रीय समिति बैठक बोलाएको छ, जसमा थप निर्णय लिइनेछ। साथै, एफएनजेका प्रतिनिधिहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई भेटी घटनाबारे ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको समीक्षाका लागि आपतकालीन मन्त्रिपरिषद् बैठक बोलाएका छन्। गृह मन्त्रालयले हिंसालाई “आपराधिक कार्य” भन्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। सुरेश रजकको परिवारमा श्रीमती र दुई साना छोरी छन्। यो घटनाले नेपालमा पत्रकार सुरक्षाको मुद्दालाई फेरि सतहमा ल्याएको छ।

(राससको सहयोगमा)

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

राजावादी आन्दोलन र दुर्गा प्रसाईंको डन शैली

गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको दुखद मृत्यु भयो भने दर्जनौं घाइते भए।...

अन्य समाचार

- Advertisement -spot_img