Tuesday, April 29, 2025
83.2 F
Washington DC.

रवि लामिछानेविरुद्ध जाहेरी नदिएको नारायण पहराईको स्पष्टीकरण

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सुप्रिम बचत तथा ऋण सहकारी संस्था काण्डमा रवि लामिछानेमाथि आफूले जाहेरी दिएको भन्दै व्यापक चर्चा भइरहेका बेला, सहकारी पीडितमध्येका एक नारायण पहराईले उक्त दावी अस्वीकार गरेका छन्।

आफ्नो आधिकारिक फेसबुकमार्फत् वक्तव्य जारी गर्दै पहराईले भनेका छन्, “रवि लामिछानेविरुद्ध मैले जाहेरी दिएकै छैन।” उनले स्पष्ट पारेका छन् कि आफू सुप्रिम सहकारीका एक सामान्य बचतकर्ता मात्र भएको र बचत फिर्ताका लागि प्रहरीले सुझाव दिएपछि इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए। तर उक्त उजुरी कुनै व्यक्तिविरुद्ध लक्षित नभएको, केवल बचत रकम फिर्ताका लागि मात्र गरिएको उनले प्रष्ट पारेका छन्।

“एकपटक पनि सोधपुछ नगरी, सहमतिसमेत नलिई प्रहरीले मलाई मुख्य उजुरीकर्ता बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको रहेछ,” पहराईले भनेका छन्। उनले आफूजस्ता थोरै रकम भएका बचतकर्तालाई सूचना नै नदिई मुख्य उजुरीकर्ता बनाइएकोमा आश्चर्य व्यक्त गरे।

रुपन्देही जिल्ला अदालतमा “नारायणबहादुर पहराई समेतको जाहेरीले बादी नेपाल सरकार” भन्दै मुद्दा दर्ता गरिएको उल्लेख गर्दै, पहराईले रवि लामिछानेविरुद्ध आफूले कुनै किटानी जाहेरी नगरेको दाबी गरेका छन्। उनले भ्रामक प्रचारको खण्डन गर्दै भनेका छन्, “रवि लामिछानेविरुद्ध मैले जाहेरी दिएको भन्ने प्रचारमा कुनै सत्यता छैन।”

संसदीय विशेष छानबिन समितिले सहकारी पीडितहरूको बचत फिर्ताका लागि विभिन्न सिफारिसहरू गरे पनि सरकार त्यसमा गम्भीर नभएको भन्दै पहराईले असन्तुष्टि व्यक्त गरेका छन्। उनले भनेका छन्, “केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउने बाहेक सरकारले पीडितलाई न्याय दिने कुनै काम गरेको छैन। बरु, हामीजस्ता पीडितलाई देखाएर राजनीति गरियो।”

उनले थप स्पष्ट पारे, यदि कुनै व्यक्तिको स्वार्थ पूरा गर्न आफ्नो उजुरी प्रयोग गरिएको हो भने आफू अहिले पनि उजुरी वा मुद्दा फिर्ता लिन तयार रहेको बताए। पहराईले भने, “हामीले कसैलाई समात, थुन वा मुद्दा चलाउ भनेका छैनौं। हामीले केवल हाम्रो बचत फिर्ता मागेका हौं।”

अन्त्यमा, पहराईले निर्दोष व्यक्तिलाई फसाएर दोषीलाई जोगाउने कार्यविरुद्ध सबै पीडितहरूलाई खबरदारी गर्न आह्वान गरेका छन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं टावरमा नीतिगत भ्रष्टाचारको गन्ध : मेयर बालेनले सार्वजनिक गरे १ अर्बभन्दा बढीको आर्थिक क्षतिको विवरण

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं टावरको नक्सापास प्रक्रिया र निर्माण कार्यमा गम्भीर आर्थिक तथा नीतिगत अनियमितता भएको दाबी...

अन्य समाचार

- Advertisement -spot_img