Friday, March 6, 2026
54.4 F
Washington DC.

नेपालमा दोब्बरले बढ्यो बाघको संख्या – बार्ह बर्षमा १९० प्रतिशतले बृद्दि

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालले १२ वर्षमा जंगली बाघको संख्या दोब्बर गरी राष्ट्रिय लक्ष्य हासिल गरेको छ । नेपालमा आधिकारिक रूपमा अहिले ३५५ बाघ छन्, जुन सन् २००९ यता १९० प्रतिशतले बढेको हो।

विश्व बाघ दिवस २०२२ को अवसरमा शुक्रबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसको औपचारिक घोषणा गरिएको हो ।

नेपालमा सन् २०१० मा १२१, २०१३ मा १९८ र २०१८ मा २३५ बाघ थिए।

राष्ट्रिय बाघ तथा खाद्य प्रजाति सर्वेक्षण प्रतिवेदन, २०२२ का अनुसार पछिल्लो चार वर्षमा बाघको संख्या ५१ प्रतिशतले बढेको छ भने सन् २००९ यता १९० प्रतिशतले बढेको छ।

लोपोन्मुख प्रजातिहरूको बारेमा चेतना जगाउनको लागि प्रत्येक वर्ष जुलाई २९ मा अन्तर्राष्ट्रिय बाघ दिवस २०१० देखि मनाइने गरिएको छ। १३ देशहरूले Tx2 कार्यक्रमको पहल सुरु गर्न एकसाथ भेला भै सन् २०२२ सम्ममा जंगली बाघको संख्या दोब्बर बनाउने विश्वव्यापी लक्ष्य लिएको थियो।

नेपालले डिसेम्बर ५, २०२१ मा बाघ गणना सुरु गरी मार्च १२ मा सम्पन्न गरेको थियो।

नेपाल सरकारले पहिलो पटक सन् १९९५ मा बाघ गणना थालेको थियो ।त्यतिबेला जम्मा ९८ बाघ थिए ।

सन् २०१० मा सेन्ट पिटर्सबर्गमा घोषणा गरेपछि सबै १३ वटा देशहरूले २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने (Tx2 ) कार्यक्रममा प्रतिबद्धता गरेपछि नेपालमा बाघको सङ्ख्या लगातार बढेको छ।

नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज र वरपर ४१, चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा १ सय २८, बाँके राष्ट्रिय निकुञ्ज र वरपर २५–२५, बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासमा १२५ र शुक्लाफाँटामा ३६ गरी ३५५ बाघ रहेको जनगणना प्रतिवेदनले देखाएको छ । लालझाडी जोगबुढा क्षेत्र ।

तराई आर्क ल्यान्डस्केपअन्तर्गत १५ जिल्लामा बाघको सङ्ख्या पत्ता लगाउन सर्वेक्षण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालबाहेक भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा प्यान्थेरा टाइग्रिस टाइग्रिस वा मेनल्याण्ड एसियाली बाघ पाइन्छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img