spot_img
Saturday, September 28, 2024
84.3 F
Washington DC.
spot_img

विश्व पानी दिवस: ‘विश्वका २६ प्रतिशत जनताले स्वच्छ खानेपानी पिउन पाएका छैनन्’, संयुक्त राष्ट्रसंघ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

विश्व पानी दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले एक प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार जारी गरिएको उक्त प्रतिवेदनमा विश्वको २६ प्रतिशत जनसंख्यामा स्वच्छ खानेपानी नभएको उल्लेख गरिएको छ । थप रूपमा, ४६ प्रतिशतले आधारभूत सरसफाइमा पहुँच नभएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको विश्व पानी विकास प्रतिवेदन २०२३‘ मा सन् २०३० सम्ममा स्वच्छ खानेपानी र सरसफाइमा सबै जनताको पहुँच सुनिश्चित गर्ने बारे जानकारी दिइएको छ ।

प्रतिवेदनका प्रमूख सम्पादक रिचर्ड कोनरले एक पत्रकार सम्मेलनमा भनेका छन् कि लक्ष्यहरू पूरा गर्न अनुमानित लागत ६०० बिलियन र १ ट्रिलियन डलर बीचको छ। कोनरले लगानीकर्ता, वित्तिय संस्था, सरकार र जलवायु परिवर्तन समुदायसँग साझेदारी निर्माण भइरहेको बताएका छन् । यो रकम वातावरण संरक्षणमा खर्च भई २०० करोड जनतालाई पिउने पानी उपलब्ध गराउने सुनिश्चित गरिएको छ ।

प्रतिवेदनका अनुसार विगत ४० वर्षदेखि विश्वभर हरेक वर्ष झण्डै एक प्रतिशतको दरले पानीको खपत बढ्दै गएको छ । सन् २०५० सम्म सोही दरमा वृद्धि हुने प्रक्षेपण गरिएको छ । किनभने, जनसंख्या वृद्धि, सामाजिक-आर्थिक विकास र पानी खपतको ढाँचा परिवर्तन हुँदैछ।

कोनरले विकासोन्मुख देशहरू र उदीयमान अर्थतन्त्रहरूमा पानीको मागमा बृद्धि भइरहेको बताएका छन , जहाँ औद्योगिक विकास र विशेषगरी सहरी जनसंख्या द्रुत गतिमा बढिरहेको छ। विश्वमा ७० प्रतिशत पानी कृषिमा प्रयोग हुने गरेको उनले जानकारी दिए । उनले बाली सिँचाइको विधि परिवर्तन गर्नुपर्ने बताए । अब केही देशहरूमा ड्रिप सिंचाई प्रयोग गरिन्छ, जसले पानी बचत गर्दछ। यसबाट सहरमा पानी उपलब्ध हुने उनले बताए ।

प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पहिल्यै न्यून रहेका क्षेत्रमा पानीको अभाव बढ्दै गएको उल्लेख छ । उदाहरणका लागि, मध्य अफ्रिका, पूर्वी एशिया र दक्षिण अमेरिकाका भागहरू। यस बाहेक मध्यपूर्व र अफ्रिकाको सहारामा पनि अवस्था झनै बिग्रँदै गएको छ ।

प्रतिवेदनका अनुसार विश्वव्यापी जनसंख्याको १० प्रतिशत उच्च वा महत्त्वपूर्ण पानीको अभाव भएका देशहरूमा रहेको उल्लेख गरेको छ। एक बर्षमा कम्तिमा ३५० करोड मानिसहरूले एक महिना पानीको अभावको सामना गर्छन्।

सन् १९९३देखि हरेक वर्ष विश्व पानी दिवस (२२ मार्च) ले पानी र सरसफाई संकट समाधान गर्न चेतना जगाउने र कार्य गर्न प्रेरित गर्दछ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img