Thursday, April 23, 2026
83.6 F
Washington DC.

विद्यालय र अस्पतालमा जाँड – रक्सी खाए / नखाएको परीक्षण गरिने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले सबै कार्यालय, विद्यालय, अस्पताल लगायतका सार्वजनिक ठाउँमा जाँड – रक्सी खाए / नखाएको परीक्षण (मापसे) गर्ने भएको छ । तुवाचुङ नगरपालिकामा शिक्षक, स्वाथ्यकर्मी, कार्यालय सहयोगीहरुले मादक पदार्थ सेवन गरेर कार्यालयमा आउने गरेको गुनासो आएपछि मापसे परीक्षण गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

मेयर विमला राईले संचार माध्यमलाई जानकारी दिए अनुसार नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात वटा ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरेको हो । नगरभित्र रहेका ६ वटा प्रहरी चौकी र १ नगर अस्पतालमा ब्रेथलाइजर उपकरण दिने नगरपालीकाले निर्णय गरेको छ।

मेयर राईका अनुसार विद्यालयका प्रधानाध्यापकले वार्षिक परिक्षाको प्रश्नपत्र नै मापसे गरेर सिरानी लगाएर सुत्ने, स्वास्थ चौकीमा केही स्वास्थ्यकर्मी पनि मापसे गरेर आउने, अझ वडा कार्यालयमा समेत सहयोगी कर्मचारीहरु मापसे गरेर कार्यालय नै नियमित नआउने गरेको गुनासो आएपछि पालिकाले मापसे परीक्षण गर्ने निर्णय गरेको हो ।

सार्वजनिक ठाउँहरुमा समेत प्रायस मापसे गरेर झगडा हुने गरेकाले त्यसको रोकथामका लागि पनि मेसिन खरिद गर्न लागिएको मेयर राईले बताएकी छन् । कतै झगडा भएमा या कार्यालयहरुमा कोही मापसे गरेर आएको थाहा पाएमा तत्काल नजिकैको प्रहरी चौकीबाट प्रहरी खटिएर मापसे परीक्षण गर्नेछ । मापसे गरेको पाइएमा आवश्यक कारवाही अघि बढाइने मेयर राईले संचार माध्यमलाई बताएकी छन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img