spot_img
Sunday, September 29, 2024
69.1 F
Washington DC.
spot_img
गृह पृष्ठ ग्लोबलभारत: राहुल गान्धीले अदालतबाट पाए जमानत

भारत: राहुल गान्धीले अदालतबाट पाए जमानत

- Advertisement -

भारतका कांग्रेस नेता राहुल गान्धीले मानहानि मुद्दामा सुरत अदालतबाट जमानत पाएका छन् । अदालतले कांग्रेस नेताको जमानत १३ अप्रिलसम्म थप गरेको छ।

तर, अदालतले उनको सजाय को फैसला नभएर १३ अप्रिलसम्म जमानत मात्र दिएको छ । मोदी उपनाममा विवादास्पद टिप्पणी गरेको भन्दै राहुलविरुद्ध मानहानीको मुद्दा दायर गरिएको थियो। यस मामिलामा २४ मार्चमा सूरतको अदालतले राहुललाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । यो निर्णयलाई राहुलले चुनौती दिएका थिए ।

राहुल गान्धीले सुरत अदालतबाट जमानत पाउने बित्तिकै ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘यो लोकतन्त्र बचाउने लडाइँ हो, ‘मित्रकाल’ विरुद्ध । यो सङ्घर्षमा सत्य मेरो हतियार हो र सत्य नै मेरो सहारा हो!’

- Advertisement -

कांग्रेस नेता राहुल गान्धीले ‘मोदी उपनाम’ सम्बन्धी मानहानि मुद्दामा अदालतले सुनाएको दुई वर्षको सजायको बिरूद्ध आज सुरतमा अपिल दायर गरेका थिए ।

यो पनि पढ्नु होस्। ‘सबै चोरको उपनाम मोदी किन हुन्छ?’ भन्ने राहुल गान्धीको भनाइले उनको लोकसभा सदस्यता खारेजी

गान्धीले २०१९ मा कर्नाटकमा एक रैलीमा , “जो सबै चोरहरूले मोदी उपनाम सेयर गर्छन्” भन्ने भनाई राखेका थिए । उजुरीकर्ता भाजपा सांसद पूर्णेश मोदीले राहुलको भनाइमा आपत्ति जनाउदै अदालतमा मानहानीको मुद्वा हालेका थिए। मुद्वामा गान्धीलाई उच्च अदालतले मानहानीको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको थियो ।

मिडिया रिपोर्टका अनुसार गान्धीलाई १५,००० रुपैयाँको जमानत दिइएको थियो जुन अपील अवधिको लागि विचाराधीन थियो। तल्लो अदालतले उनलाई पुनरावेदनका लागि ३० दिनको समय दिएको थियो ।

तल्लो अदालतले दोषी ठहर गरेपछि गान्धी सांसदका लागि अयोग्य घोषित भएका थिए ।

- Advertisement -

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न...

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो...

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार...

ममता प्रकरणमा खोलीएका दुई गोफन्डमी र समुदायमा थपेको तनाव 

भर्जिनिया, अमेरिका ३१ जुलाई २०२४ देखि मनासस, भर्जिनियाबाट ममता काफ्ले भट्ट बेपत्ता भएकी छन्, र...

बेवारिसे बन्यो ६८ लाखको ‘भ्यूटावर’, सामानहरु चोरी हुन थाले

बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे...

ममता प्रकरणः अदालतद्वारा अक्टोबर २४ मा तोकिएको प्रारम्भिक सुनुवाइ खारेज, मुद्वा अव सर्किट कोटमा जाने

मनासस पार्क, भर्जिनिया— बिगत एक महिना बढी देखि मनासस पार्कको निवासबाट बेपत्ता भएकी ममता...

थप समाचार

ममता प्रकरणमा खोलीएका दुई गोफन्डमी र समुदायमा थपेको तनाव 

भर्जिनिया, अमेरिका ३१ जुलाई २०२४ देखि मनासस, भर्जिनियाबाट ममता काफ्ले भट्ट बेपत्ता भएकी छन्, र...

ममता काफ्ले प्रकरणः पिआर र ग्रिन कार्डलाई दोष दिनु पितृसत्तात्मक सोचको उपज

लेखकः विशाल दत्त भट्ट (पेशाले भट्ट नेपालमा अधिवक्ता हुनु हुन्छ।) अमेरिकाको भर्जिनियास्थित मनासस पार्कको घरबाट...