Thursday, April 23, 2026
78.7 F
Washington DC.
गृह पृष्ठ ग्लोबलभारत: राहुल गान्धीले अदालतबाट पाए जमानत

भारत: राहुल गान्धीले अदालतबाट पाए जमानत

- Advertisement -

भारतका कांग्रेस नेता राहुल गान्धीले मानहानि मुद्दामा सुरत अदालतबाट जमानत पाएका छन् । अदालतले कांग्रेस नेताको जमानत १३ अप्रिलसम्म थप गरेको छ।

तर, अदालतले उनको सजाय को फैसला नभएर १३ अप्रिलसम्म जमानत मात्र दिएको छ । मोदी उपनाममा विवादास्पद टिप्पणी गरेको भन्दै राहुलविरुद्ध मानहानीको मुद्दा दायर गरिएको थियो। यस मामिलामा २४ मार्चमा सूरतको अदालतले राहुललाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । यो निर्णयलाई राहुलले चुनौती दिएका थिए ।

राहुल गान्धीले सुरत अदालतबाट जमानत पाउने बित्तिकै ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘यो लोकतन्त्र बचाउने लडाइँ हो, ‘मित्रकाल’ विरुद्ध । यो सङ्घर्षमा सत्य मेरो हतियार हो र सत्य नै मेरो सहारा हो!’

- Advertisement -

कांग्रेस नेता राहुल गान्धीले ‘मोदी उपनाम’ सम्बन्धी मानहानि मुद्दामा अदालतले सुनाएको दुई वर्षको सजायको बिरूद्ध आज सुरतमा अपिल दायर गरेका थिए ।

यो पनि पढ्नु होस्। ‘सबै चोरको उपनाम मोदी किन हुन्छ?’ भन्ने राहुल गान्धीको भनाइले उनको लोकसभा सदस्यता खारेजी

गान्धीले २०१९ मा कर्नाटकमा एक रैलीमा , “जो सबै चोरहरूले मोदी उपनाम सेयर गर्छन्” भन्ने भनाई राखेका थिए । उजुरीकर्ता भाजपा सांसद पूर्णेश मोदीले राहुलको भनाइमा आपत्ति जनाउदै अदालतमा मानहानीको मुद्वा हालेका थिए। मुद्वामा गान्धीलाई उच्च अदालतले मानहानीको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको थियो ।

मिडिया रिपोर्टका अनुसार गान्धीलाई १५,००० रुपैयाँको जमानत दिइएको थियो जुन अपील अवधिको लागि विचाराधीन थियो। तल्लो अदालतले उनलाई पुनरावेदनका लागि ३० दिनको समय दिएको थियो ।

तल्लो अदालतले दोषी ठहर गरेपछि गान्धी सांसदका लागि अयोग्य घोषित भएका थिए ।

- Advertisement -

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः...

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको...

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ।...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...

थप समाचार

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...