Friday, April 18, 2025
81 F
Washington DC.
गृह पृष्ठ ग्लोबलयस्तो छ ट्रम्पमाथिको अभियोग: पूर्णपाठ सहित

यस्तो छ ट्रम्पमाथिको अभियोग: पूर्णपाठ सहित

- Advertisement -

मंगलबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फर्जी व्यापार रेकर्डको ३४ वटा अपराधको आरोप लगाउने म्यानहट्टन जिल्ला न्यायधिवक्ताको कार्यालयले निर्णय गरेको छ।
पत्रकार हरुलाई जानकारी दिदै म्यानहट्टन जिल्ला न्यायधिवक्ता एल्भिन ब्रागले आफ्नो कार्यालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३४ वटा अपराधको आरोप लगाउने निर्णय गरेको बताएका हुन्।

“गहिरो छानबिन” ले ट्रम्पलाई फर्जी व्यापार रेकर्डको ३४ वटा अपराधको आरोप लगाउने उनको कार्यालयको निर्णय भएको छ, ” म्यानहट्टन जिल्ला न्यायधिवक्ता एल्भिन ब्रागले मंगलबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियोग पछि पत्रकारहरूलाई जानकारी दिदै भनेका छन्।

“यो संसारको व्यापार राजधानी हो, ब्रागले न्यूयोर्क शहरको बारेमा भनेका हुन्। उनले अगाडि भने “हामी नियमित रूपमा झूटा व्यापारका कथनहरू प्रस्तुत गर्ने हरुलाई मुद्दा चलाउछौ। व्यवसायको अखण्डता/बिस्वासनियता र राम्रोसँग काम गर्ने व्यापार बजारको आधार भनेको सही रेकर्ड राख्नु हो।”

- Advertisement -

ट्रम्पले ३४ वटा अपराधका लागि आफु दोषी नभएको स्वीकार गरेका छन् ।

ब्रागले जूरी अनुसन्धान मार्फत सन् २०१६ को राष्ट्रपति निर्वाचन अघि ट्रम्पका पूर्व वकिल र “फिक्सर” माइकल कोहेनले गरेको वयस्क फिल्म स्टार स्टोर्मी डेनियललाई $ १३०, ००० भुक्तानीको सम्बन्धमा अनुसन्धान गरेको थियो । ट्रम्पले डेनियलसँगको यौन सम्पर्कको खण्डन गरेका छन् ।

यो पनि पढ्नु होस्। ट्रम्प कानूनी फन्दामा, म्यानहट्टन ग्रान्ड जूरीद्वारा अभियोग लगाइयो

ब्रागको म्यानहट्टन जिल्ला न्यायधिवक्ताको कार्यालयले गत हप्ता म्यानहट्टन ग्रान्ड ज्युरीले पूर्व राष्ट्रपतिलाई अभियोग लगाएको थियो।

त्यसबेला ट्रम्पको अभियोग सार्वजनिक गरिएको थिएन, त्यसपछि आज उनी विरुद्धको आरोप सार्वजनिक गरिएको हो ।

यसघि आज दिउसो ट्रम्पले म्यानहट्टनस्थित अदालतमा अधिकारीसामु आत्मसमर्पण गरेका थिए । उनलाई प्रहरीले हिरासतमा लिदै औंलाको छाप लिएर दिउँसो २:१५ बजे न्यायाधीश जुआन मर्चनसमक्ष अदालतमा उपस्थित गराइएको थियो।

७६ वर्षीय ट्रम्प आपराधिक आरोपको सामना गर्ने पहिलो वर्तमान वा पूर्व राष्ट्रपति भएका छन । उनलाई गत हप्ता म्यानहट्टन ग्रान्ड ज्युरीले पोर्न स्टार स्टोर्मी डेनियललाई २०१६ मा हश-मनी भुक्तानी गरेको भन्ने आरोपको मुद्दामा अभियोग लगाउने निर्णय गरेको थियो ।

अभियोग पत्रको पूर्णपाठ :

Donald J. Trump Indictment by Stefan Becket

- Advertisement -

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प...

नयाँ वर्ष २०८२ को पहिलो दिन: नेपालीहरूले उल्लासपूर्वक मनाउँदै

आज विक्रम संवत् २०८२ सालको वैशाख १ गते, नेपालभरिका नागरिकहरूले आपसमा शुभकामना साटासाट गरी...

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने...

दुर्गा प्रसाईलाई काठमाडौं ल्याइयो, १२ दिनको म्याद थप गर्न तयारी

काठमाडौं — तिनकुनेमा चैत १५ गते (मार्च २८) भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य अभियुक्त...

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको १ लाख ८५ हजार रुपैयाँ पुग्यो

काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ। पछिल्ला केही दिनयता लगातार...

‘दुर्गा प्रसाई पक्राउ’ विषयमा गलत समाचारप्रति नेपाल प्रहरीको खण्डन

नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यम तथा...

थप समाचार

‘दुर्गा प्रसाई पक्राउ’ विषयमा गलत समाचारप्रति नेपाल प्रहरीको खण्डन

नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यम तथा...