spot_img
Friday, February 21, 2025
24.9 F
Washington DC.
spot_img

धोकेबाज गीतजस्तै बन्यो एलिनाको जीवन – भयो सम्बन्धविच्छेद

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं – चर्चित गायिका एलिना चौहान र उनका पति विष्णु सापकोटाबीच औपचारिक रूपमा सम्बन्धविच्छेद भएको छ।एलिना र विष्णुको वैवाहिक सम्बन्ध नौ महिनामै टुंगिएको छ। उनीहरू गत वैशाख ५ गते विवाह बन्धनमा बाँधिएका थिए।

गायिका चौहानले सामाजिक सञ्जालमार्फत् आफूहरूबीचको वैवाहिक सम्बन्ध अन्त्य भएको जानकारी दिएकी छन्। उनले भावुक स्ट्याटस लेख्दै आफ्नो पूर्वपति विष्णुलाई शुभकामना दिएकी छिन्।

एलिनाले फेसबुकमा लेखेकी छिन् –

प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।

वैवाहिक जीवनमा निरन्तर कलह

एलिना र विष्णु लामो समय प्रेम सम्बन्धमा थिए। विवाहपछि भने उनीहरूको सम्बन्धमा समस्या देखिन थाल्यो। आपसी विवाद बढ्दै गएपछि घरेलु हिंसाको अवस्था समेत सिर्जना भएको बताइएको छ। अन्ततः एलिनाले काठमाडौं जिल्ला अदालतमा वकिल विष्णु खरेलमार्फत् सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएकी थिइन्।

विवाहपछि एलिना अस्ट्रेलिया गएकी थिइन्, जहाँ विष्णु व्यवसाय सञ्चालन गर्दै आएका थिए। केही महिना त्यहाँ बिताएपछि उनी नेपाल फर्किइन्। नेपाल फर्किएपछि आफू ओशो मार्गी बनेको जानकारी उनले दिएकी थिइन्। पछिल्लो समय गायन यात्रामा व्यस्त रहेकी एलिना केही दिनअघि मञ्चमै गीत गाउँदा भावुक भएर रोएकी थिइन्।

धोकेबाज गीतजस्तै बन्यो एलिनाको जीवन?

गायिका एलिना चौहान “धोकेबाज” बोलको गीतबाट अत्यधिक चर्चामा आएकी थिइन्। संयोगवश, उनको वास्तविक जीवन पनि यही गीतको भावजस्तै बनेको चर्चा चलेको छ। केही समयअघि गायिका ज्योति मगरले सामाजिक सञ्जालमा स्टाटस लेखेपछि एलिनाको वैवाहिक जीवनमा आएको संकटबारे चर्चा चलेको थियो।

सम्बन्धविच्छेदपछि एलिनाले पत्नीस्वरूप पाउनुपर्ने सम्पत्ति विष्णुकै प्रगति र उन्नतिको लागि छोडेको उल्लेख गरेकी छिन्। उनले पूर्वपति विष्णुलाई बाँकी जीवनका लागि शुभकामना दिँदै आफू कानुनी रूपमा स्वतन्त्र भएको घोषणा गरेकी छिन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौंका मेयर बालेन शाहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना

काठमाडौंका मेयर बालेन्द्र ‘बालेन’ शाहले सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पप्रति कडा आलोचना गरेका छन्। उनले फेसबुकमा पोष्ट...

अन्य समाचार

- Advertisement -spot_img