spot_img
Wednesday, March 12, 2025
51.2 F
Washington DC.
spot_img

मेयर बालेन शाहद्वारा सरकारप्रति कडा प्रतिक्रिया, ‘भ्रमको खेती’ को आरोप

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई ‘भ्रमको खेती’ गरेको आरोप लगाउँदै कडा प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो पोस्टमा विभिन्न विषयमा सरकारको भूमिकालाई प्रश्न गरेका छन्।

१. भ्यू टावरको नक्सा पासबारेको भ्रम

मेयर शाहले भ्यू टावरको नक्सा पासबारे सरकार र केही पक्षले गलत जानकारी फैलाइरहेको आरोप लगाएका छन्। उनले नक्सा पास गर्ने अधिकार मेयरसँग नरहेको प्रस्ट्याउँदै उक्त प्रक्रिया Public Private Partnership (PPP) अन्तर्गत कार्यपालिकाले गर्ने उल्लेख गरेका छन्। उनले महानगरपालिकाका अधिकारीहरूले नै नक्सा पास गरिसकेपछि पनि पटकपटक बैठक बसेर कसरी प्रक्रियागत रूपमा अघि बढ्ने भन्ने छलफल गरेको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन्।

२. कार्यकारी टिक्न नसक्ने आरोपको खण्डन

उनको कार्यकालमा ४ जना कार्यकारी हटेको बताउँदै उनले दुई जनालाई भ्रष्टाचारमा संलग्न रहेको कारण हटाइएको स्पष्ट पारे। बाँकी दुई जनालाई भने सरकारकै निर्णयमा हटाइएको उनले बताए। भ्रष्ट कर्मचारीलाई हटाएको विषयलाई लिएर सरकार आफैंले कार्यकारी टिक्न नसकेको भन्ने आरोप लगाउनु विडम्बनापूर्ण भएको उनले उल्लेख गरे।

३. काठमाडौंमा कार्यकारी जान मान्दैनन् भन्ने भनाइको खण्डन

मेयर शाहले सरकारको कमजोर कार्यशैलीप्रति कटाक्ष गर्दै काठमाडौंमा कार्यकारी जान मान्दैनन् भन्ने भनाइलाई लज्जास्पद, लाचार र गैरजिम्मेवार बताएका छन्। उनले सरकार आफ्नै मातहतका कर्मचारीलाई समेत नियन्त्रित गर्न असफल रहेको दाबी गर्दै, यदि सरकारकै नीति यस्तै रहने हो भने भोलि दंगाग्रस्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) वा प्रहरी अधिकारीहरू पठाउन पनि असफल हुन सक्ने चेतावनी दिए।

४. ऐनको गलत व्याख्या गरिएको आरोप

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कार्यकारी प्रमुख नहुँदासम्म निजामती सेवाका कुनै अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाउन सक्ने कानुनी व्यवस्था भए पनि सरकारले त्यसलाई लागू नगरेको उनले बताए। बरु उल्टै मेयरले चाहे कार्यकारी नियुक्त गर्न सक्छ भन्ने भ्रम फैलाइएको उनले आरोप लगाए।

५. कार्यकारी छानबिन प्रतिवेदन लुकाइएको भन्ने आरोपको खण्डन

मेयर शाहले कार्यकारी छानबिन प्रतिवेदन लुकाइएको भन्ने आरोप असत्य रहेको बताए। उनले रिपोर्ट नै तयार नभएको अवस्थामा लुकाइएको भन्ने कुरा आधारहीन भएको स्पष्ट पारे।

६. मन्त्रीसँग समन्वय नगरेको भन्ने आरोप अस्वीकार

उनले मन्त्रीहरूसँग समन्वय गर्नुपर्ने सन्दर्भमा सरकारकै नियतप्रति प्रश्न उठाएका छन्। उनले समन्वय भनेको पत्राचार गर्ने, आधिकारिक संयन्त्रमार्फत छलफल गर्ने प्रक्रिया रहेको भन्दै, सरकारले व्यक्तिगत अन्तरंग खोजेजस्तो देखिएको आरोप लगाए। उनले आफूहरूले पटकपटक पत्राचार गरेको र आधिकारिक रूपमा समन्वय प्रयास गरेको दाबी गरे।

‘भ्रमको खेती बन्द गर’, बालेनको प्रधानमन्त्री ओलीलाई चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै उनले आफू सरकारको दुश्मन नभई विकासका साझेदार भएको उल्लेख गरे। उनले आफ्नो कार्यकालमा भएका विकासका कामहरू ओलीकै कार्यकालमा भएका हुन् भन्ने स्वीकार गर्न तयार रहेको बताए। तर, सरकारबाट विकासका मुद्दामा पूर्वाग्रह नराख्न आग्रह गरे।

अन्त्यमा, मेयर शाहले सुशासन कायम गर्न आफू कसैसँग सम्झौता नगर्ने अडान दोहोर्‍याए। उनले भ्रष्टाचारविरुद्धको लडाइँ जारी राख्ने प्रतिबद्धता जनाउँदै, महानगरलाई नाकाबन्दी लगाएको अवस्थामा पनि आफ्नो नीति नबदल्ने चेतावनी दिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -spot_img

ताजा समाचार

भारतले जित्यो आईसीसी च्याम्पियन्स ट्रफी २०२५ , न्युजिल्यान्ड चार विकेटले पराजित

दुबई इन्टरनेशनल स्टेडियममा भएको उच्च-स्तरीय फाइनलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गर्दै आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि आफ्नो...

अन्य समाचार

- Advertisement -spot_img