Saturday, July 25, 2026
82 F
Washington DC.

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

शुक्रबार रास्वपाका सह-प्रवक्ता प्रतिभा रावलले जानकारी दिँदै रबी लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको पुष्टि गरेकी हुन्।

यसअघि वैशाख १० गते (अप्रिल २२) न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै रबी लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो।

रास्वपाले उक्त आदेशविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याएको हो। यसअघि रुपन्देही जिल्ला अदालतले बुटवल सुप्रिम कोअपरेटिभ ठगी र संगठित अपराध मुद्दामा रबीलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

सर्वोच्च अदालतमा दर्ता गरिएको रिटमा बुटवल उच्च अदालतको आदेश संविधान र विधिको मर्मविपरीत भएको दाबी गरिएको छ। अब यस मुद्दामा सर्वोच्चको फैसला प्रतीक्षित रहनेछ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img