Friday, March 6, 2026
51.9 F
Washington DC.

ओमाइक्रोन भेरिएन्ट: डब्लुएचओद्वारा नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कोरोनाभाइरसको नयाँ भेरिएन्ट भेटिएसँगै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालसहित दक्षिणपूवी एसियाका देशलाई सर्तकता अपनाउन आग्रह गरेको छ । डब्लुएचओले आज विज्ञप्ति जारी गर्दै नेपालसहितका दक्षिण एसियाली मुलुक नयाँ भेरिएन्टको उच्च जोखिममा रहेको बताएको छ ।

दक्षिण अफ्रिकी मुलुकहरुमा देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमाइक्रोन’ देखिएसँगै डब्लूएचओले दक्षिणपूर्वी देशहरुलाई सर्तकता अपनाउन अनुरोध गरेको हो। नयाँ भेरियन्ट देखिएसँगै विश्वव्यापी रुपम नयाँ भेरिएन्ट संक्रमित केस बढ्दै गएको र यसले चिन्ता बढाएको उसले जनाएको छ।

डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले प्रेस विज्ञप्ति जारी गर्दै निगरानी बढाउन, सार्वजनिक स्वास्थ्य र सामाजिक उपायहरूलाई सुदृढ गर्न र खोपको कभरेज बढाउन अनुरोध गरेकी छिन्।

‘हाम्रो क्षेत्रका धेरैजसो देशहरूमा कोभिड–१९ का केसहरू घट्दै गएको भए तापनि विश्वका अन्यत्रका केसहरूमा भएको वृद्धि भइरहेको छ। अझ चिन्ताको विषय नयाँ भरिएन्टको पुष्टि हुनु हो। भाइरसविरुद्ध जोगाउन र यसको फैलावट रोक्न हाम्रा मापदण्ड अपनाउन छोड्नु हुँदैन,’ क्षेत्रीय निर्देशक डा क्षेत्रपाल सिंहले भनिन्।

दक्षिणपूवी एसियामा हालसम्म कूल जनसंख्याको ३१ प्रतिशत व्यक्तिहरुले पूर्ण खोप र २१ प्रतिशतले एक मात्रा खोप लगाएको उल्लेख गर्दै निर्देशक क्षेत्रपालले अझै ४८ प्रतिशत व्यक्तिहरुले कम्तिमा एक मात्रा खोप पाउन बाँकी रहेको जनाएकी छिन् ।

उनले खोपले भाइरसका कारण गम्भीर रोग र थप फैलन सक्ने जोखिम कम हुने भएकाले खोप कार्यक्रमलाई निरन्तरता र सावधानी बढाउनुपर्ने बताएकी छन्। डब्लूएचओको टेक्निकल टीमले नयाँ भेरिएन्टको संक्रामक क्षमता, निदान र उपचारबारे थप अनुसन्धान गरिरहेको समेत जनाएको छ।

संक्रमितको संख्या कम हुँदैमा महामारी समाप्त भइनसकेको भन्दै क्षेत्रीय निर्देशक क्षेत्रपालले चाडपर्व र उत्सवहरुमा सबै स्वास्थ्यका मापदण्ड पालना गर्न, भीडभाड नगर्न र जमघट कम गर्न आग्रह गरेकी छन्।

SourceNepalpres
समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img