spot_img
Friday, September 20, 2024
75.8 F
Washington DC.
spot_img

विदेशबाट नेपाल आउने यात्रुहरूले तोकिएको परिमाण भन्दा बढी सुन ल्याएमा जफत गरिने – भन्सार विभाग

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सामाग्रीहरु: सुन तथा सुनका गहना तथा मदिराजन्य पदार्थ ल्याएमा जफत हुने व्यहोरा त्रिभुवन विमानस्थाल भन्सार कार्यालयले एक सूचना जारि गर्दै जानकारी गराएको छ ।

यात्रुहरुले प्रचलित काननूी व्यवस्थाको पर्याप्त जानकारी नभएको तथा अन्य अपरिचित व्यक्तिले ललाई फकाई त्यस्ता सामाग्री पढाउने गरेको बयान दिने गरेको तर्फ विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

नेपाली नागरिक विदेशमा गई स्वदेश फर्कदा व्यक्तिगत प्रयोगका लागि निम्नअनुसारका सामाग्रीहरु भन्सार महशुल छुटमा ल्याउन पाइने जानकारी दिइएको छ:

  • सुनको गहना ५० ग्राम
  • एउटा ल्यापटप
  • एक थान मोबाइल
  • एक लिटरसम्मको एक बोतल मदिरा

यसैगरी, ५० ग्रामभन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिइए जाँचपास गर्न सकिने, सोभन्दा बढि ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने उल्लेख छ ।

त्यस्तै, व्यक्तिगत प्रयोगका सुनका गहनाबाहेक अन्य जुनसकैस्वरुपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महशुल लिइ जाँचपास गर्न सकिने तथा सोभन्दा बढी परिमाणको सुन जफत गरिने भन्सार विभागले सुचनामा जनाएको छ ।

एकभन्दा बढी ल्यापटप र मोबाइल फोन ल्याएमा भन्सार महसुल लाग्ने तथा मदिराका हकमा भने एकभन्दा बढी बोतल भए जफत गरिने भन्सार विभागले जानकारी दिइएको छ ।

साथै बिगतमा विदेशबाट नेपाल आउने कतिपय यात्रुहरुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाई फकाई कुनै माल बस्तु (जस्तै : टर्च लाइट , आइरन , स्पिकर , मिक्चर , रेडियो, पानी तान्ने मोटर आदि ) आफ्ना आफन्तकालागि पुर्याइदिने भनी अनुरोध गर्ने र भन्सार चेक जाँचका क्रममा त्यस्ता माल बस्तु भित्र लुकाई छिपाई सुन, चाुँदी वा अन्य अवैध बस्तु राखेको फेला परी सम्बन्धित व्यक्तिले कानुन अनुसारको कारवाही भोग्नु परेको जानकारी गराउदै अपरिचित व्यक्तिले दिएको मालबस्तुमा अन्य कुनै अवैध बस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको मालवस्तु नलिन-नल्याउन पनि भन्सार विभागले अनुरोध गरेको  छ ।

पढ्नुहोस विभागको सूचनाः

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img