Friday, March 6, 2026
51.9 F
Washington DC.

नेकपा एमालेमा टिम ओली भारी मतले विजयी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चितवनमा आयोजित नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा चार वर्षे कार्यकालकालागि निर्वाचित भएका छन  ।

ओलीले अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार भीम रावललाई ठूलो मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्। नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए ।

ओलीले १८०८  मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका छन् । निर्वाचन समितिलबाट मत परिणामको औपचारिक घोषणा हुन बाकि नै छ ।

निर्वाचन परिणाम अनुसार १० औं राष्ट्रिय महाधिवेशनबाट ओलीको नेतृत्वमा १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

सर्वसम्मत नेतृत्व चयन गर्ने ठुलै प्रयास भएको थियो।  बन्दसत्रले नै उनलाई ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारी चुन्ने सर्वाधिकार दिएको थियो। ओली र रावल पक्ष बिच सहमति हुन नसकेपछि मंगलबार बिहान निर्वाचन भएको थियो ।

एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

१० औं महाधिवेशनबाट ईश्वर पोखरेल वरिष्ठ अध्यक्ष र शंकर पोखरेल महासचिवमा निर्विरोध निर्वाचित भएका थिए।

६ उपाध्यक्षका लागि भएको निर्वाचनमा विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन् ।

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ सचिवका लागि ९ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा योेगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचित भएका छन् ।

फोटो: नेपाल प्रेस

१० औं महाधिवेशनअन्तर्गतको केन्द्रीय निर्वाचन कमिटीले बन्दसत्र हलबाट औपचारिकरूपमा निर्वाचन परिणाम घोषणा गरिने जनाएको छ।  चुनावी परिणाम घोषणा गरेपछि नवनिर्वाचितलाई सपथग्रहणको कार्यक्रम तय गरिएको छ।

नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img