spot_img
Saturday, September 21, 2024
81.2 F
Washington DC.
spot_img

लगातार तेस्रो जितसहित नेपाल फाइनलमा 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आशुतोष अधिकारी | १७ चैत्र २०७८

तीव्र गतिका बलर करन केसीले पहिलोपक टी–२० क्रिकेटमा ह्याट्रिक पूरा गर्दै ५ विकेट लिएपछि राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल लगातार तेस्रो खेलमा जित हात पार्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।पपुवान्युगिनीविरुद्ध दोस्रो खेलमा ३७ रनको सहज जित हासिल गरेपछि नेपालले एक खेल अगाडि नै फाइनलमा स्थान पक्का गरेको हो।

खेलमा पपुवान्युगिनीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो।तर पीएनजीको यो निर्णयलाई गलत सावित गर्दै नेपाली खेलाडीहरुले खुलेर ब्याटिङ गरे।मध्यक्रममा दिपेन्द्रसिंह ऐरीले आक्रामक खेल खेल्दै ६६ रन बनाएपछि नेपालले २० ओभरमा २०३ बलियो योगफल तयार पारेको थियो।चौथो अन्तराष्ट्रिय टी–२० अर्धशतक पूरा गर्ने क्रममा दिपेन्द्रले ३३ बलको सामना गर्दै ३ चौका र ४ छक्का प्रहार गरे।

दिपेन्द्रले ४१ रन बनाएका रोहित पौडेलसँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए भने चौथो विकेटका लागि आदिल अन्सारीसँग ७४ रनको आक्रामक साझेदारी पूरा गरेका थिए।आदिल अन्सारीले केवल ११ बलको सामना गरेर ३ छक्का र १ चौकाको सहयोगमा ३१ रन बनाएर दिपेन्द्रलाई राम्रो साथ दिए।

त्यसअघि ओपनर कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए।कुशल १७ रन बनाएर आउट भए भने आशिफले ३८ रन बनाए।

जवाफमा २०४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पीएनजीका दुई प्रारम्भिक ब्याट्सम्यानलाई करन केसीले दुई ओभरको अन्तरमा आउट पारेपछि नेपालले सहज जीत हात पार्ने देखिएको थियो।तर चाल्र्स अमिनी र टोनी उराले तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गर्दै पीएनजीको सम्भावनालाई कायमै राखेका थिए।

खेलको १२औँ ओभरमा सोमपाल कामीले ४३ रन बनाएका टोनी उरालाई आउट गर्दै त्यो साझेदारी तोडेपछि मात्र नेपाल ढुक्क भएको थियो।उराले २२ बलमा २ चौका र ४ छक्का प्रहार गरे।सोमपालले नै ६२ रन बनाएका चाल्र्स अमिनिलाइ आउट पारेपछि भने नेपाल जिततर्फ अग्रसर भएको थियो।खेलको अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार तीन विकेट लिँदै करन केसीले टी–२० क्रिकेटमा ह्याट्रिक गर्ने दुर्लभ उपलव्धि आत्मसात गरे।उनी नै खेलको म्यान अफ दी म्याच चुनिए ।

पपुवान्युगिनीले खेलेका तीनैवटा खेल गुमाइसकेको अवस्थामा फाइनलमा नेपालको प्रतिद्वन्द्वी मलेशिया हुने सम्भावना बढेको छ।दुई खेल खेलेको मलेशियाले पीएनजीलाई हराएको थियो भने नेपालसँग पराजित भएको थियो।यद्यपि गणितिय हिसाबमा पीएनजीको फाइनल पुग्ने सम्भावना हुँदै नभएको भने होइन ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img