spot_img
Saturday, September 21, 2024
76.4 F
Washington DC.
spot_img

द्वन्द्वकालको लडाकु शिविरमा शिक्षालय 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हर्ष सुब्बा/धरान | १५ चैत्र २०७८, मंगलवार 
याङसिला, (मोरङ)।याङसिलाको केराबारी कालोपानीस्थित राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयको खेल मैदानमा एकै रङ्गका ट्रेकसुट लगाएका विद्यार्थीहरूको समूह नाचगान गरिरहेका थिए।उनीहरूलाई हौस्याउँदै त्यही हूलमा एकजना शिक्षिका पनि समावेश भइन्।नेपाली, मैथिली र भोजपुरी गीतको सामूहिक नाचमा सहभागीहरू मनभित्रैदेखि उर्लिएको खुशी प्रकट गरिरहे झैँ देखिन्थे ।

तर त्यहाँ कुनै सांस्कृतिक कार्यक्रम भइरहेको भने थिएन।शिक्षालयमा तालिम लिन आएका विद्यार्थीहरू मंगलवारका दिन लामो हाइकिङबाट फर्केर बजारको सरसफाई गरिसकेपछि त्यहाँ विश्रामका लागि भेला भएका थिए।त्यहाँ प्रदेश १ र २ भित्र पर्ने ११ जिल्लाका माध्यमिक विद्यालयहरूबाट आएका कक्षा ७ देखी ९ सम्मका ५ सय भन्दा बढी छात्रछात्राको उपस्थित थिए।

उनीहरूसँगै अभिभावकका रूपमा आएका शिक्षक–शिक्षिकाहरू विद्यार्थीको नाचगान हेरिरहेका थिए।दुई हप्ताभन्दा लामो तालिम समापन हुन लागेको खुशीले होला, लिटिलबुद्ध माध्यमिक विद्यालय ताप्लेजुङकी शिक्षिका सुरेखा लिम्बु पनि छात्राहरूको हुलमा पसेर नाच्न थालेकी थिइन्।सुरेखा गुरुआमाको साथ पाएर हौसिएका विद्यार्थीले त्यहाँ उपस्थित अन्य शिक्षकलाई मात्र होइन शिक्षालयका सैनिक अधिकारीहरूलाई पनि आफूसँगै नचाएका थिए।

शिक्षालयका प्रमुख सेनानी विमल केसीले कोरोना महामारीका कारण रोकिएको तालिम अहिले पुनः शुरू गरिएको बताउनुभयो।यसै साता यो समूहको एससीसी तालिमको दीक्षान्त समारोह र समापन कार्यक्रम हुँदैछ।विद्यालय र शिक्षालयमा पाउने तालिमबाट विद्यार्थीलाई राष्ट्रियता, सामाजिक उत्तरदायित्व, अनुशासनका सैद्धान्तिक र व्यावहारिक ज्ञान हुने र त्यसको सहयोगमा उनीहरूले भविष्यमा आउन सक्ने चुनौतीहरूलाई सहज रूपमा सामना गर्न सक्ने केसीले बताउनु भयो।उनले देशभक्त नागरिकको रूपमा नेतृत्वदायी भूमिकाका लागि विद्यार्थीहरूलाई सक्षम बनाउन महत्वपूर्ण हुने बताउनुभयो।

नेकपा माओवादीद्वारा राज्य विरुद्ध सञ्चालित सशस्त्र द्वन्द्वका समयमा लडाकुहरूको शिविर रहेको ठाउँमा अहिले माध्यमिक तहका विद्यार्थीलाई राष्ट्रको सेवाप्रति उत्प्रेरित गर्ने तालिम केन्द्र बनेको हो।माओवादीले हतियार बिसाएर शान्ति वार्तामा आउनुभन्दा केही समय अघिका दिनहरूमा याङशिलाको त्यही ठाउँमा माओवादी जनमुक्ति सेनाको छिन्ताङ सुखानी स्मृति ब्रिगेड थियो।त्यसबेला धरान–याङशिलाको बाटो हिँड्न समेत मानिसहरू डराउँथे।अहिले त्यो सडकको अधिकांश भाग पक्की भइसकेको छ भने बाक्लो बस्तीले कालोपानीलाई बजार बनाएको छ ।

दुई दशक अघिको सशस्त्र द्वन्द्वको झझल्को दिने चारकोशे झाडीसँगै जोडिएको त्यो ठाउँ बिरानो र सुनसान थियो।द्वन्द्वको समाप्तीसँगै त्यो स्थानमा नेपाली सेनाको शिक्षालय र इञ्जिनीयरिङ गणका साथै सर्पदंश उपचार केन्द्र समेत स्थापना भएपछि त्यहाँ मानिसको बसोबास बढ्दै गएको हो।पूर्वी नेपालका १५ जिल्लाबाट आउने तालिमे विद्यार्थीहरूले राष्ट्र सेवाको भावना जागृत गराउने एउटा शान्त र सुन्दर गन्तव्यको रूपमा परिचय बनेको छ अहिले याङशिलाको कालोपानी क्षेत्रको ।

माध्यमिक विद्यालय तहका छात्रछात्रलाई राष्ट्रिय सेवा दलको तालिम सञ्चालन गर्ने अवधारणा २०२२ सालमा नै बनेको थियो।२०४६ पछि नेपाली सेनाको ब्यारेक रहेका जिल्लाहरूमा विभिन्न विद्यालयहरूबाट छात्र–छात्रा छनौट गरी सेनाबाट राष्ट्रिय सेवा दल तालिम सञ्चालन गरिन्थ्यो।तर आवासको सुविधा सहित एकिकृत तालिमको व्यवस्था भने हुन सकेको थिएन।पछिल्लो समय नेपाली सेनाद्वारा पूर्वमा रासेद पूर्वी तालिम शिक्षालय स्थापना भएपछि आवासीय तालिम सञ्चालन हुन थालेको हो।

शिक्षालयका प्रमुख सेनानी केसीका अनुसार कक्षा ७ देखी ९ सम्मका विद्यार्थीलाई तालिमका लागि नेपाली सेनाको टोलीले विभिन्न जिल्लाका विद्यालयहरूबाट छनौट गर्दछ।लैङ्गिक समानता कायम गर्दै एक विद्यालयबाट समान १८ छात्र र १८ छात्राको छनौट गरी विद्यालयमा नै तालिम दिइने व्यवस्था रहेको केसीले बताउनुभयो।सबै जिल्लामा छानिएकाहरूलाई नेपाली सेनाको शिक्षालयमा सामान्य सैनिक कलादेखी नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरिदै आएको पनि वहाँले बताउनुभयो।

तालिमको सैद्धान्तिक र व्यावहारिक पाठ्यक्रम १०० दिनको रहेको बताइएको छ।कारोना माहामारीका कारण लगभग पछिल्ला दुई वर्षको अवधिमा एनसीसी तालिम पनि प्रभावित भयो।कठिन परिस्थितिको सामना गर्दै तालिमलाई निरन्तरता दिन कुल १०० दिनको पाठ्यक्रमलाई परिमार्जन गरेर ५१ दिनमा सीमित गरिएको थियो।अहिले पाठ्यक्रमलाई थप परिमार्जित गर्दै १६ दिन बनाई आवासीय सुविधासहित तालिम सञ्चालन गरिएको केसीले जानकारी गराउनुभयो।

तालिममा विद्यार्थीहरूलाई नेपालको भौगोलिक विविधता, यहाँको जात–जाति, धर्म, संस्कृति, परम्परा र संस्कारका विविध पक्षको ज्ञान दिइन्छ।विद्यार्थीलाई सैनिक पोशाकमा विभिन्न परेड सहितका कार्यहरूमा सहभागी गराएर राष्ट्रको पहरेदारका रूपमा एउटै परिवारका रूपमा राखिने गरिन्छ।यसले उनीहरू बिच नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जोगाई राख्न राष्ट्रिय एकताको भावना जागृत गराउने विश्वास गरिएको छ।

तालिमे विद्यार्थीसँगै शिक्षालयमा आएका खोटाङ ऐँसेलुखर्कस्थित त्रिभुवन माविका शिक्षक बुद्धप्रसाद घिमिरेले भन्नुभयो–  …तालिमले विद्यार्थीहरूलाई बलियो उत्प्रेरणा मिलेको अनुभव गरेको छु ।Ú कर्णेल तहका सैनिक अधिकारी र विद्यार्थीहरू एउटै मेसमा पाकेको खाना खाने गरेका कुरालाई वहाँले उदाहरणीय बताउनुभयो।

तालिममा सहभागी विद्यार्थीहरूले एउटा सैनिकले पाउने तालिम, उनीहरूले सिक्ने विभिन्न किसिमका कला र उनीहरूको अनुशासनलाई प्रत्यक्ष अनुभव गरेर विपद्को व्यवस्थापन र उद्धारकार्यको सिप सिक्न पाउँदा धेरै खुसी लागेको बताएका छन्।यस वर्षको तालिममा सुनसरी, सिन्धुली, खोटाङ, संखुवासभा, पर्सा, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ, सर्लाही, झापा जिल्लाका विभिन्न विद्यालयको सहभागिता थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img