spot_img
Friday, September 20, 2024
83.7 F
Washington DC.
spot_img

पृथ्वी दिवस किन मनाईन्छ?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

वातावरणसंग हाम्रो प्रत्यक्ष सम्बन्ध छ।  हाम्रो दैनिक जीवन र वातावरण एक आपसमा पुरक छन् । वातावरण  बिनाको जीवन असम्भव नै छ । शुद्ध पानी, पृथ्वी, हावा हाम्रो स्वस्थ जीवनका लागि नभई नहुने आवस्यक चिज  हुन् । तर दुख लाग्दो यो छ कि वातावरणिय बिनासले हाम्रो जीवन आज संकटमा छ  र यहि कारण सचेतनाका लागि आज हामि पृथ्वी दिवस तथा वातावरण दिवस जस्ता अन्तरास्ट्रियस्तरका कार्यक्रम गर्दछौ।

पृथ्वी दिवसको संक्षिप्त ईतिहास:

पृथ्वी दिवसको शुरुआत गर्ने व्यक्तिको श्रेय अमेरिकी सीनेटर गेलर्ड नेल्सनलाई जान्छ। अमेरिकामा सन् १९७० को  दशकताका भीयतनाम युद्धको बिषयलाई  लिएर विद्याथीहरुले आन्दोलन गर्दै थिए भने अर्का तर्फ वातावरण संरक्षण लाई आधार मानेर चेतना फैलाउने सुरुवात पनि हुदै थियो । यसै बिच क्यालिफोर्निया को सान्ता बारबरामा  २९ जनवरी १९६९ मा एक ठुलो दुर्घटना भयो । एक तेल कुवामा  विस्फोट भै ठुलो मात्रामा तेल र प्राकृतिक ग्यास जमिनमा पोखियो । यस भयानक तेल चुवावटले सबैको आँखा खोल्दियो । यहि घटनाले नेल्सनले सोचे यदि बिद्यार्थीहरु लाई वातावरण सम्बन्धि चेतना फैलाउने काम गरिएमा वातावरण संरक्षणको आवाज लाई राष्ट्रिय एजेण्डाको रुपमा सामेल गरेर अगाडी बढन सकिने छ ।

यसै क्रममा नेल्शनले संचार क्षेत्र  मार्फत वातावरणका बिषयमा राष्ट्रियस्तरको सचेतना कार्यक्रमको घोषणा गरे । उनले  कांग्रेसमा संरक्षणवादी सोच राख्ने रिपब्लिकन प्रतिनिधि, पीट मैक्लोस्की लाई आफ्नो अभियानमा सामेल गराई डेनिस हायेस लाई राष्ट्रिय समन्वयकका रुपमा नियुक्ति गरे।

नेल्शनको यस अभियानको परिणाम स्वरुप २२ अप्रिलमा दुई करोड अमेरिकीहरुले सडकमा प्रदर्सनी गर्दै वातावरण संरक्षणका लागि आफ्नो आवाज उठाए । हजारौ कलेज तथा बिश्वबिद्यालयहरुले बिग्रदो वातावरणका बारेमा चेतनामुलक प्रदर्शनी गरे ।

सन् १९७० को यस पृथ्वी दिवसले राजनीतिक समर्थन पायो । रिपब्लिकन र डेमोक्रेट, गरीब तथा धनि,शहरी तथा ग्रामीण किसान, कर्मचारी तथा  श्रमिक नेता सबैले यस अभियानलाई आफ़ो समर्थन दिए। यस अभियानले संयुक्त राष्ट्र मा वातावरणिय संरक्षण सम्बन्धि हेर्ने बिभागको गठन गर्ने बाटो खोल्यो । सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो ।

२१ मार्च १९७१ मा संयुक्त रास्ट्र संघका महासचिब यू थैंट ले पृथ्वी दिवसलाई अन्तरास्ट्रिय दिवसको घोषणा गरे । सन् १९९० मा पहिलो पटक आधिकारिकरुपले अन्तरास्ट्रिय पृथ्वी दिवस मनाइयो । वातावरण संरक्षणकालागि आयोजित पहिलो अभियानमा विश्वका १४१ देशमा लगभग २० करोड मानिसहरुले भाग लिए !

सन् १९९२ मा रियो डी जेनेरियोमा संयुक्त राष्ट्र संघले पृथ्वी शिखर सम्मेलनको आयोजना गर्यो । यस पश्चात पृथ्वी दिवसको स्थापनाकालागि अमेरिकी राष्ट्रपति बिल क्लिंटनले सीनेटर नेल्सनलाई प्रेसीडेंट मेडल अफ  फ्रीडम-१९९५ बाट सम्मानित गरे।

सन् २००९ मा राष्ट्रसंघको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

किन अप्रिल २२ छानीयो?

वातावरण संरक्षणको अभियान बिधार्थीहरु मार्फत प्रभावकारी हुने ठहर गरी स्कुल र कलेजहरुको स्प्रीङको बिदा र बिधार्थीहरु को फाईनल परिक्षा लाई मध्य नजर गरी अप्रिल २२ को दिन छानिएको हो । यसप्रकार वातावरण संरक्षणका लागि गरिने दबाब मुलक आन्दोलन प्रतेक बर्ष २२ अप्रिल का दिन पृथ्वी दिवसको रुपमा मनाईन्छ। सरकारी-गैरसरकारी सबै निकायहरुले वातावरण संरक्षणका कार्यक्रम आयोजना गर्छन। यस दिन वातावरणका लागि वृक्षारोपण, नदि ताल लगायत घर आगन आसपास सर सफाई जस्ता चेतनामुलक कार्यक्रमहरु आयोजना गरिन्छन।  जनचेतना अभियान, सभा, गोष्ठी तथा सम्मेलन गरि विश्वलाई वातावरण संरक्षणमा एकजुट हुन दबाब सिर्जना गरिन्छ।  

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img