spot_img
Friday, September 20, 2024
74.5 F
Washington DC.
spot_img

पल शाह प्रकरण: पीडित भनिएकी नाबालिकाले अदालतमा बयान फेरिन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चलचित्र अभिनेता पल शाहविरुद्ध आफुलाई पटक पटक जबरजस्ती करणीको गरेको भन्दै आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । पीडित भनिएकी नाबालिकाले आफूमाथि बलात्कार नभएको भन्दै जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्र गरेकी हुन।

स्रोतका अनुसार उनले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन्।

यसैगरी नाबालिकाले बयार फेरे पश्चात पल शाहले आफ्नी नाबालिग छोरीमाथि पटक पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका उनका बाबुको वकपत्र जारी रहेको छ।

पीडित भनिएकी नाबालिकाले बयान फेरेपछि अब यो प्रकरणले नयाँ मोड लिएको छ। 

पीडित पक्ष र पीडक भनिएका पलको यो बकपत्रलाई अदालतले प्रमाणित गरेपछि फैसला गर्दा यसलाई पनि प्रमाणका रुपमा लिइन्छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए । जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटकपटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो । तनहुँमा करणी हुँदा उनी १६ वर्ष मुनि रहेको जाहेरीमा उल्लेख थियो ।

उक्त जाहेरीको थुनछेक बहसपछि दुबै जिल्ला अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

पूर्पक्षको लागि कारागार चलान गर्ने तनहुँ अदालतको आदेशविरुद्ध पल शाह पक्षका कानुन व्यवसायीले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img