spot_img
Sunday, September 22, 2024
66 F
Washington DC.
spot_img

संसदमा एक सिटवाला विक्रमासिङ्घे श्रीलंकाको नयाँ प्रधानमन्त्री

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार श्रीलंकाका वरिष्ठ नेता रनिल विक्रमासिङ्घेलाई नयाँ प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गराउनु भएको छ। श्रीलंकाको २२५ सदस्यीय संसदमा रनिल विक्रमासिंघेको युनाइटेड नेशनल पार्टी (युएनपी) सँग एउटा मात्र सिट छ।

श्रीलंकाका चार पटक प्रधानमन्त्री भइसकेका विक्रमासिङ्घेलाई तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अक्टोबर २०१८ मा प्रधानमन्त्री पदबाट हटाएका थिए । तर, दुई महिनापछि मात्रै सिरिसेनाले उहाँलाई पदमा पुनःबहाली गर्न बाध्य हुनु परेको थियो।

स्रोतका अनुसार विक्रमासिङ्घेलाई अन्तरिम सरकारको नेतृत्व गर्न सबै दलको समर्थन रहेको छ । उहाँ ६ महिनाका लागि नियुक्त हुनुभएको हो।युएनपीका अध्यक्ष भी अवेवर्देनाले विक्रमासिंघेले नयाँ प्रधानमन्त्रीको सपथ लिएपछि आफूले बहुमत ल्याउने विश्वास व्यक्त गर्नु भएको छ।

२०२० को पछिल्लो संसदीय निर्वाचनमा देशको सबैभन्दा पुरानो पार्टी युएनपीले एउटा मात्र सिट जितेको थियो। युएनपीको गढ मानिने कोलम्बोबाट  पनि विक्रमासिङ्घेको पार्टी पराजित भएको थिषो। उहाँका सहकर्मी सजित प्रेमदासले विक्रमासिङ्घेबाट अलग भएर छुट्टै पार्टी एसजेबी बनाउनु भयो जुन अहिले प्रमुख प्रतिपक्ष दल बनेको थियो।

राजनीतिक स्रोतहरूका अनुसार, सत्तारूढ श्रीलंका पोदुजाना पेरामुना, विपक्षी समगी जन बलावेगयाको गुट र अन्य धेरै दलहरूले संसदमा बहुमत प्रमाणित गर्न विक्रमासिंघेलाई समर्थन जनाएका छन्।

73 वर्षीय नेता विक्रमासिङ्घेलाई दूरदर्शी नीतिका साथ अर्थतन्त्रलाई सम्हाल्ने नेताका रूपमा चिनिनुहुन्छ। उहाँ अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सक्ने श्रीलंकाली राजनीतिज्ञ मानिनुहुन्छ। राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधवार ढिलो राष्ट्रका नाममा आफ्नो टेलिभिजन सन्देशमा राजीनामा गर्न अस्वीकार गर्नुभयो तर यस हप्ता नयाँ प्रधानमन्त्री र युवा मन्त्रिपरिषद् गठन गर्ने वाचा गर्नुभएको थियो।

यसबीच श्रीलंकामा जारी संकटकालमा श्रीलंकाको अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र उहाँका सहकर्मीलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । श्रीलंकामा महिन्दा राजापाक्षे समर्थकहरूले सरकार विरोधी प्रदर्शनकारीमाथि आक्रमण गरेपछि देशमा हिंसा भड्किएको थियो । महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि जनआक्रोश शान्त नभएपछि प्रदर्शनकारीले प्रधानमन्त्री निवास टेम्पल ट्रीमा प्रवेश गरी आगजनी गरेका थिए । यसपछि पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र उहाँको परिवारलाई विशेष हेलिकोप्टरबाट त्रिन्कोमालीस्थित नौसेना बेसमा ल्याइयो । त्यसयता उहाँ र उहाँको परिवार त्यही शरणगत छन् । यो टापु देशको उत्तर-पूर्वी भाग हो। तर यो नौसेना बेस पनि जनताले घेरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img