spot_img
Sunday, September 22, 2024
70.7 F
Washington DC.
spot_img

रौतहटको यमुनामाईको मतदानस्थलबाट मतपेटिका लुटियो – मतदान स्थगित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रौतहटको यमुनामाई गाउँपालिकामा हुलदंगा भै मतपेटिका लुटपाट भएको छ ।

यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलमा हुलदंगा भै आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिई मतपत्र च्यातेको र मतपेटिका समत लुटिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, र नेकपा एमालेका कार्यकर्ताबीच मतदानस्थलमा झडप हुँदा आक्रोशित भिडले मतपेटिका लिएर भागेका थिए।

त्यसक्रममा केहीले मतपेटिका समेत लिएर भागेको र पछि पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको स्थानिय समाचारदाताले जनाएका छन् ।

दुवै स्थानमा अपरान्ह ३:५० बजे मतदान स्थगित गरिएको निर्वाचन अधिकृतले एक सुचना जारी गर्दै जानकारी दिएका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img