Saturday, July 25, 2026
82 F
Washington DC.

काठमाडौंमा बालेन दोब्बर मतले अगाडि- मत गणना ढिलो भएको भन्दै बालेन पक्षको बिरोध

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर मतका साथ अग्रता लिएका छन्।

काठमाडौं महानगरमा ५:५५ बजेसम्मको मतपरिणाम अनुसार बालेनले ३,५३२ मतका साथ अग्रता कायम गरिरहेका छन्। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १,८५६ मत ल्याएर पछ्याइरहेका छन्।

यसैगरी, गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले अहिलेसम्म १,६६८ मतका साथ तेस्रो स्थानमा रहेकी छन्।

यो पनि पढनुहोस। बालेनले चुनाव जित्नेमा युवाहरू ढुक्क

बालेनले काठमाडौं महानगरमा शुरूदेखि नै अग्रता लिए संगै उनका समर्थकहरु यतिबेला मत गणना स्थलमा जम्मा भएका छन्। काठमाडौँ महानगरपालिकाको मत गणना ढिलो भएको भन्दै उनीहरुले नाराबाजी गर्दै बिरोध गरेका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img