Friday, March 6, 2026
51.9 F
Washington DC.

बलिउडका नामी हस्तीहरुका सन्तानहरुको अभिनय रहेको ‘द आर्चिज’ फिल्मको पोस्टर सार्वजनिक

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

निर्देशक जोया अख्तरले बलिउडका चर्चित कलाकारका सन्तानहरुको अभिनय रहेको ‘द आर्चिज’ फिल्मको पोस्टर सार्वजनिक गरेकी छन्।

नयाँ पुस्ताको अभिनय रहने ‘द आर्चिज’ फिल्ममा लोकप्रिय अभिनेता अमिताभ बच्चनका नाति अगस्त्य नन्दा, शाहरुख खानकी छोरी सुहाना खान र श्रीदेवीकी छोरी खुशी कपुरले अभिनय गर्दैछन ।

रीमा कागतीबाट निर्माण हुने ‘द आर्चिज’ फिल्मको पोस्टरमा नयाँ पुस्ताका कलाकारहरुलाई पुरानो गेटअपमा देखाइएको छ ।

निर्देशक जोया अख्तरले सन् १९६० को सेटअपमा लोकप्रिय कमिक्स ‘द आर्चिज’ लाई निर्माण गर्न लागेकी हुन्। पुरानो लोकप्रिय कमिक्स ‘द आर्चिज’ एक ‘म्युजिकल ड्रामा’ भएकाले यसमा नयाँ पुस्ता लाई अभिनय गराउदा म्याच गर्ने भएकाले अगस्त्य, सुहाना र खुशीलाई रोजिएको निर्देशक जोयाले बताएकी छन्। ‘द आर्चिज’ लाई जोया र रीमाले संयुक्तरुपमा निर्माण गर्ने बताएकी छन्।

बलिउडका नामी हस्तीहरुका सन्तानको अभिनय रहने भएकाले समेत निर्माणाधिन ‘द आर्चिज’ ले यतिबेला ठूलो चर्चा बटुलेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img