Friday, March 6, 2026
54.4 F
Washington DC.

‘हावा सरर’ सार्वजनिक — अस्मिता अधिकारीको स्वर, गीत भण्डारको प्रस्तुति

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भर्जिनिया, अमेरिका | गीत भण्डार एलएलसीले आज आफ्नो नयाँ नेपाली रोमान्टिक गीत ‘हावा सरर’ सार्वजनिक गरेको छ।
यो गीत अप्रिल २१, सोमवार, बिहान १०:३० बजे (पूर्वीय समय) अर्थात् नेपाली समय अनुसार साँझ ८:१५ बजे युट्युब च्यानल @geetbhandarllc मार्फत रिलिज गरिएको हो।

‘हावा सरर’ एक मधुर र भावनात्मक प्रेम गीत हो, जसले पहिलो प्रेमको भेट (फर्स्ट डेट) को मीठो सम्झनालाई फेवातालको प्राकृतिक सौन्दर्यसँग जोडेर प्रस्तुत गरेको छ । गीतमा अस्मिता अधिकारीको सुमधुर स्वर, जीवन्त अभिनय, रमणीय दृश्य र भावनात्मक प्रस्तुतीकरणले संगीतप्रेमी दर्शकको मन जित्ने विश्वास गरिएको गीत भण्डार को संचालक तथा गीतकार सुनिल मणि दाहालले बताउनु भएको छ।

भिडियो गीतको संयोजन निम्न अनुसार छ :

अडियो टिम (Audio Production Team):
स्वर: अस्मिता अधिकारी
गीतकार : सुनिल मणि दाहाल
संगीत संयोजन: बिराज गौतम (KTM Beats)

भिडियो टिम (Visual Production Team):
अभिनय: अस्मिता अधिकारी र बिराज गौतम
मेकअप: रोजिना दुलाल
गाफर/क्यामेरा सहायक: हर्क पहारी
क्यामेरा सञ्चालन: विशाल थापा
डिओपी, सम्पादन र कलर: सञ्जीत घिसिङ
निर्देशन: सञ्जीत घिसिङ (चलचित्र फ्याक्ट्री)

गीत भण्डारले यसअघि सामाजिक सञ्जालहरू — Facebook, Instagram, TikTok, र Threads मा पोस्टर र प्रोमोमार्फत यो गीतको प्रचार गर्दै आएको थियो। आजको आधिकारिक रिलिजपछि दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ।

अमेरिकामा दर्ता भएको गीत भण्डार एलएलसीले यसअघि विराज गौतमको ‘अजम्बरी माया‘, सज्जा चौलागाइको ‘तिम्रो माया‘, अनु ढकालको ‘साइलीले लगाई रातो सारी ‘ तथा राम कृष्ण ढकालको कैले उकाली , कैले ओराली” सार्वजनिक गरिसकेको गीतकार दाहालले बताउनु भएको छ।

युट्युब च्यानल @geetbhandarllc मार्फत गीत सुनेर प्रतिक्रिया दिन गीतकार सुनिल मणि दाहालले आग्रह गर्नु भएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img